११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने, अमेरिकाले दियो दूतावास खाली गर्न आदेश



अ+ अ-

वासिङ्टन । युक्रेनमा रुसको आक्रमणको खतरा बढ्दै गएको छ । युक्रेनलाई सहयोग गर्न अमेरिका र बेलायत जस्ता देशले ठूलो भूमिका खेलिरहेका छन् । आइतबार अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा आक्रमण हुनसक्ने आशङ्का बढेपछि  राजधानी किभमा रहेको अमेरिकी दूतावास खाली गर्न कूटनीतिज्ञहरूको परिवारलाई आदेश दिएको थियो। दूतावासले ‘गैर आकस्मिक’ कर्मचारीलाई पनि देश छाड्न अनुमति दिएको छ । देशको यातायात मन्त्रालयले अमेरिकी नागरिकहरूलाई युक्रेन यात्रा नगर्न चेतावनी दिएको छ।

यो जानकारी एबीसी न्यूजको रिपोर्टमा दिइएको छ। आइतबार जारी गरिएको एक अपडेटेड ट्राभल एडभाइजरीमा स्टेट डिपार्टमेन्टले तनावको पुष्टि गर्दै युक्रेनमा रहेका अमेरिकी नागरिकहरूलाई अब व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्ने विचार गर्न आग्रह गरेको छ। एक वरिष्ठ अधिकारीले आइतबार भने, “यी आदेशहरू दूरदर्शी सावधानीहरूको अंश हुन् जसले युक्रेनका लागि हाम्रो समर्थन र हाम्रो प्रतिबद्धतालाई कुनै पनि हिसाबले कमजोर गर्दैन।”

रुसी आक्रमणको अमेरिकाले उचित जवाफ दिने

सैनिक निर्माणका आधारमा यस्तो निर्णय गरिएको उनले बताए । यो सही समय हो। कोभिड–१९ का कारण युक्रेन अमेरिकी विदेश मन्त्रालयको लेभल ४ ट्राभल एडभाइजरी अर्थात ‘यात्रा नगर्नुहोस्’ मा छ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा रुसी आक्रमणविरुद्ध आफ्नो चेतावनीलाई तीव्र पार्दै भनेका छन्, “यदि ‘अतिरिक्त रूसी सेना’ युक्रेनमा ‘आक्रामकरूपमा’ प्रवेश गरे भने अमेरिका र यसका सहयोगीहरूले उचित जवाफ दिनेछन्।”

सीएनएनसँग कुरा गर्दै ब्लिन्केनले भने, “यदि थप रुसी सेनाको टुकडी युक्रेनमा आक्रामकरूपमा प्रवेश गरे्यो भने हामी र युरोपबाट द्रुत, गम्भीर र संयुक्त प्रतिक्रिया दिनेछौँ।”

ब्लिन्केनको भनाइले युक्रेनी सीमामा झण्डै एक लाख रुसी सेनाको भेलाविरूद्ध अमेरिकी अडानलाई स्पष्ट पारेको छ।

पछिल्लो समय युक्रेनमा जारी सङ्कटका बीच हालै अमेरिकी सैन्य उपकरण युक्रेन पुगेको समाचार आएको थियो । अमेरिकी उच्चायुक्तले उक्त जानकारी दिएका हुन्।

उच्चायुक्तले युक्रेनलाई सहयोग गर्न २० करोड डलरको पहिलो डिफेन्स कन्साइनमेन्ट कीभ पुगेको जानकारी दिए ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले पनि गत हप्ता कीभ र युक्रेनका पश्चिमी सहयोगीहरूसँग भेट गरेका थिए। यो भ्रमण अमेरिकी रक्षा सैन्य सामग्रीको आगमनपछि भएको बताइएको छ। हाल युक्रेनको सीमामा एक लाख रुसी सैनिक तैनाथ छन् ।