२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य विमान दुर्घटनाः चालकदलसहित १९ जना सवार



अ+ अ-

काठमाडौँ । काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको विमान दुर्घटना भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।

जहाजमा चालकदलसहित १९ जना बताइएको छ । विमानस्थल स्रोतका अनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् भने सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बताईएको छ ।

जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको बताइएको छ । अन्यको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।