२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बीबीसी मास्टर सेफ उपाधि जित्ने सन्तोषको चाहना अधुरै

बीबीसी मास्टर सेफ उपाधि जित्ने सन्तोषको चाहना अधुरै
अ अ+ अ-

लन्डन । विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफः द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह उपाधिबाट विमुख भएका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रह्यो । उपाधि बेलायती सेफ आलेक्स वेवले जिते । तर, ३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि उनले ठूलो उपलब्धि मानेका छन् । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिए ।

‘एकदम कडा प्रतिस्पर्धा थियो । मेरो उपाधिमात्र जित्ने उद्देश्य भएको भए २० वर्ष बढी अनुभव रहेको इन्डियन खाना बनाउँथे होला तर त्यसो गर्न मनले नै दिएन,’ साहले भने, ‘म आफ्नो स्वाभिमान कहिल्यै बेच्दिनँ । भारतीय खाना बनाएर उपाधि जितेको भए म कुन मुखले नेपाल जाने ?’

करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाए । हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति विश्वसामु चिनाए । नेपाली झण्डा फहराए । भादगाउँले र ढाका टोपी पहिरिए ।

आमाप्रति समर्पित खानाले बीबीसी मास्टर सेफको टप ३ मा सन्तोष
बिहीबारको फाइनल एपिसोडमा नेपाली ढाका टोपीमा सजिएका थिए सन्तोष । त्यसअवसरमा उनीबारे बीबीसीले तयार पारेको एक भिडियो सामग्री देखाइएको थियो जसमा सन्तोषले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरे । उक्त अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष एकमात्र नेपाली हुन् ।

ग्रान्ड फिनालेमा भैंसीको मासु, खोलेको साग, भेडाको गिदी आदि पकाएर चरेसको थालमा पस्किएका साहले यसअघि जिम्बु मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना परौठा, साँधेको भटमास, पुरी, गंगटाको करी, कोदोको खिर, आंपको कुल्फी, तराईमा प्रचलित आंपको ‘अमोट’, नेपालको हिमाली भेगमा प्रचलित काँक्रोको भुटेको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जितेका थिए ।

कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे सन्तोष
त्यसैगरी, पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चट्नी, मकैको रोटी, तामाको अचार जस्ता दर्जनौं नेपाली मौलिक खाना पस्किएर उनले नेपालमै त्यति वास्ता नगरिने खाना विश्वभर चिनाए । उनले करुवामा ऐला पिलाए । निर्णायकहरु सन्तोषको खानामा प्रयोग भएका मसला, सजावट र सिर्जनशीलता देखेर दंग पर्थे । उनले कुनै पनि प्रसंग नेपालसँग जोडिहाल्थे । नेपाली हुनुमा गर्व गर्थे ।

बीबीसी वानमा शो प्रसारण भएर विभिन्न चरण पार गर्दै अगाडि बढेपछि सन्तोषका फ्यान लाखौं भए । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटदेखि नेता डा। बाबुराम भट्टराई, अर्बपति विनोद चौधरी, बैंकर अनिलकेशरी शाह, क्रिकेटर पारस खड्का, कीर्तिमानी स्विमर गौरिका सिंह, चर्चित फेसन डिजाइनर प्रबल गुरुङ, कलाकारलगायत हरेक क्षेत्रका दिग्गजले उनलाई शुभकामना पठाए । बीबीसीसहित बेलायत र नेपालका कैयौं मिडियाले उनको ‘कभरेज’ गरे ।

योमरी चखाएर बीबीसी मास्टर सेफको फाइनल पुगे सन्तोष
रातारात सेलिब्रेटी भएका सिरहा कर्जन्हाका सन्तोषलाई अहिले कस्तो अनुभव भएको छ ? ‘अप्रत्यासित माया र सद्भाव पाएँ । तर म भान्से बनेरै बस्न चाहन्छु । महिनादिन अघि जस्तो थिएं, त्यस्तै सामान्य मानिस भएर रहनेछु । केवल अहिले जस्तै सबैको माया पाइरांखूँ,’ उनको अपेक्षा छ ।

अहिलेसम्म अविवाहित ३५ वर्षीय सन्तोषको छिट्टै बिहे भएको हेर्ने चाहना उनकी आमाको पनि छ । उनीचाहिँ कहिले गर्ने सोचमा छन् ? ‘त्यो त समय र भाग्यले बताउला । समय आएपछि गर्छु,’ उनले सुनाए । मास्टर सेफ फाइनलिष्ट सन्तोषले अब सेन्ट्रल लन्डनमा ‘ऐला बाइ सन्तोष’ नामक टिपिकल नेपाली कुजिन रेस्टुरेन्ट सञ्चालनको तयारीमा छन् । भविष्यमा पहिलो नेपाली मिसिलिन स्टार सेफ बन्ने उनको सपना पनि छ । कान्तिपुर दैनिक