२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण



अ+ अ-

जानकी । वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिनुभयो ।

उहाँले पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याएको बताउनुभयो । यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ ।

अध्यक्ष वलीका अनुसार पोखरी निर्माण पश्चात् चितुवा, चित्तल, जरायोलगायत विभिन्न प्रजातिका वन्यजन्तु वनमा देखिन थालेका छन् । सामुदायिक वनमा ‘सिसी क्यामेरा’ जडान गरिएको छ । क्यामेरामा १९ प्रजातिका चरा र वन्यजन्तु देखिएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय बाँके शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सुशील सुवेदील पोखरी निर्माण आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । पोखरीको गहिराइ पाँच फिट, लम्बाइ सय मिटर र चौडाइ ५० मिटर रहेको छ । वन्यजन्तुलाई पानी पिउन पोखरीमा झर्न सजिलो होस् भन्नका लागि प्राकृतिक लयमा पोखरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । रासस