सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले चीन सरकारबाट सिन्धुपाल्चोकका बाढी पहिरो प्रभाबितका लागि प्राप्त सहयोग सामग्री हस्तान्तरण गर्नुभएको छ । शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित सुख्खा बन्दरगाहा, भन्सार कार्यालय परिसरमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले सहयोग स्वरुप प्राप्त सामग्री हस्तान्त्रण गर्नुभएको हो ।
लार्चामा चीन सरकारको, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरो प्रभावित स्थानीय तहहरु भोटेकोशी, बाह्रविसे, जुगल र चौताराका लागि राहत सामग्री उपलब्ध गराएको थियो । सभामुख सापकोटाले स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको छ ।












