६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान बनेको हो: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रश्ताव प्रश्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो । देशप्रति आम जनताको भरोसा टुटेको डर लाग्दो अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको बताउनु भयो । उहाँले सरकारले सो काम गर्नेमा ढुक्क हुन पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मलाई सबैभन्दा डर लागेको देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था छ । देशमा व्याप्त यही गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो । यसमा सबै स्पष्ट हुनुभए हुन्छ । जनतामा भरोसा जगाउने गरी काम गर्न हाम्रो सरकारको मुख्य ५ वटा प्राथमिकता रहेका छन । पहिलो प्राथमिकता थालेको काम सक्ने ।’

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था दयनीय रहेको पनि उल्लेख गर्नुभयो ।