७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

पुस १७ गते राप्रपाले उपत्यकामा प्रदर्शन गर्ने

पुस १७ गते राप्रपाले उपत्यकामा प्रदर्शन गर्ने
अ+ अ-

काठमाडौं । देशमा बढ्दै गएको अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको राप्रपाले ठहर गरेको छ । परिवर्तनको मार्गचित्र नै गलत भएकोले त्यसलाई सच्याएर हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र संघियताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको राप्रपाले निष्कर्ष निकालेको हो ।
आज काठमाडौंमा आयोजित उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले पार्टीले लिएका एजेण्डा हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुनःस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताउनुभयो । राप्रपाले अंगिकार गरेका एजेण्डाहरुलाई सुन्न समेत नचाहने तप्कामा समेत पार्टीका एजेण्डाहरुको विषयमा बहस सुरु हुनु सुखद रहेको बताउँदै एजेण्डा स्थापनार्थ देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।
सम्बोधनकै क्रममा अर्का अध्यक्ष पशुपति शम्सेर जबराले राप्रपाले अंगिकार गरेको नीति र सिद्धान्तप्रति जनचासो द्रुत गतिमा बढिरहेकोले आन्दोलनको आँधीबेहेरीमार्फत राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना पश्चात मात्र देश संकटमुक्त भएर विकासतर्फ अग्रसर हुने ठोकुवा गर्नुभयो ।
यसैगरी अर्का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नगरी पार्टीले विश्राम नलिने उद्घोष गर्दै संगठन विस्तारसँगै आन्दोलनमा होमिन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
भ्रष्टाचार, बेरोजगारी समस्या, नियमित रुपमा बढ्दै गएको धर्म परिवर्तनको विरोध तथा सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रको पुनःस्थापनाको माग राखी आन्दोलनको शंखघोष गरेको राप्रपाले आगामी पौष १७ गते काठमाडौंमा वृहद जनप्रदर्शनको तयारी गरिरहेको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।  परिचालनको लागि पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन जनपरिचालन समिति समेत गठन गरेको श्रेष्ठले बताए ।