७ श्रावण २०८३, बिहीबार
,
Latest
राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ महिनापछि सवारी लाइसेन्स परिक्षा प्रक्रिया खुलाउँदै सरकार



अ+ अ-

काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन । यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ ।

यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ । विभागले भने कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खोल्ने तयारी गरिरहेकोे छ । लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थामा लिइरहेकोभन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारीमा विभागको रहेको छ । भीडभाडका कारण कोरोना संक्रमणको जोखिम हुने भन्दै कोटा तोक्न लागिएको विभागले जनाएको छ ।

विभागले सबै कार्यालयलाई परीक्षा सञ्चालनका लागि तयार रहन पत्राचार गरिसकेको जनाएको छ । कोरोना संक्रमणको सुरक्षाका लागि पीपीई, फेससिल्ड, मास्क, सेनिटाइजर आदिको व्यवस्थासहित तयार रहन विभागले भनेको छ । काठमाडौं उपत्यकामा भक्तपुरको जागती, काठमाडौंको ठूलो भ(याङ, सुकेधारा र ललितपुरको एकान्तकुना गरी चारवटा कार्यालयमा परीक्षा सञ्चालन गर्ने गरिन्छ । विभागका अनुसार अब पुराना लाइसेन्स छपाइको काम भने सकिएको छ । अहिलेसम्म कुल २१ लाख स्मार्ट लाइसेन्सको माग भएको विभागले जनाएको छ । लकडाउनअगाडि मात्र ७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको थियो । ती सबै प्रिन्ट भइसकेको विभागले जनाएको छ ।

अब ट्रायल पास गरेकाहरूको नयाँ लाइसेन्स एक महिनाभित्रै पाउने गरी तयारी भइरहेको पनि विभाग बताउँछ । विगतका वर्षमा छपाइमा ढिलाइका कारण ट्रायल पास गरेकाहरूले पनि लाइसेन्स पाउन लामो कुनुपर्ने बाध्याता रहँदै आएको थियो । राजधानी दैनिक