७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने

वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने
अ+ अ-

वाग्मती । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ । मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरु गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै मन्त्री फुँयालले रोपवे निर्माणका लागि अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार तथा निर्माणकार्य प्रारम्भ गर्नका लागि मन्त्रालयमा चरणबद्ध छलफल कार्यक्रम भइरहेको बताउनुभयो । देशमा हाल विद्युत् उत्पादन बढदै गएको सन्दर्भमा विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने यातायातका साधनलाई प्राथमिकता दिइनुपर्ने उल्लेख गर्दे मन्त्री फुँयालले विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने सडक सवारी तथा रोपवे निर्माण सरकारको प्राथमिकतामा पर्ने बताउनुभयो । प्रदेश सरकारले अत्यावश्यक स्थानमा कुनै पनि प्रकारको ऊर्जाको प्रयोगबिना सञ्चालन गर्न सकिने ग्राभिटी रोपवे (गुरुत्वाकर्षणका कारण सञ्चालन हुने) निर्माणका बारेमा समेत अध्ययन शुरु गरेको फँुयालले जानकारी दिनुभयो ।

उहाँले १०२ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको हेटौँडा काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न सकिने वा नसकिने अध्ययन गरेर पुनःनिर्माण गर्न सकिने भए पुनःनिर्माण गर्ने तथा नसकिने भए त्यसका संरचनालाई हटाएर व्यवस्थित गरिने बताउनुभयो । उक्त कार्यका लागि मन्त्रालय अध्ययन समिति निर्माण गर्ने क्रममा रहेको र समितिको प्रतिवेदन प्राप्तिपछि प्रतिवेदनका आधारमा काम गरिने उहाँको भनाइ थियो । 

मन्त्री फुँयालले लामो समयसम्म भारत तथा नेपालका तराई क्षेत्रबाट सडक यातायातमार्फत हेटौँडासम्म ल्याइएका सामग्रीलाई काठमाडौँसम्म ढुवानी गर्न प्रयोग भएर हाल बन्द रहेको उक्त रोपवेको संरचनाका कारण जोखिम बढेकाले त्यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो ।