२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनको चर्चाले तराई/मधेस तरंगित



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको नयाँ सत्तासमिरकणका साथै संविधान संशोधनको चर्चाले तराई–मधेस तरंगित बनेको छ ।

संसदका दुई ठूला राजनीतिक दलकोे गठबन्धनलाई मधेसकेन्द्रित दलहरु जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीहरुले समर्थन गरेको देखिए पनि त्यसबाहेकका मधेस केन्द्रित अन्य दलहरु दुई दलको मोर्चा बिरुद्ध मोर्चाबन्दी गर्न थालेका हुन् ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, माओवादीका नेताहरु सम्मिलत मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेकपा ( एकीकृत समाजवादी) र नेपाल सद्भावना पार्टीले ठूला दलको विरोधमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गर्दै विभिन्न कार्यक्रमको घोषणा समेत गरेका छन् । संविधान सभा सदस्य तथा नेकपा एसका नेता शीतल झाको नेतृत्वमा गठन गरिएको मोर्चामा अन्य दलहरुलाई पनि बिस्तारै ल्याउने तयारी छ । प्रतिनिधि सभाबाट समानुपातिक प्रतिनिधित्व हटाउने, राष्ट्रिय सभाको स्वरुप र भुमिका बदल्ने लगायतका विषयमा नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधनको तयारी गरेको मोर्चाको आरोप छ ।

जनकपुरधामको जिल्ला समन्वय समितिको सभाहलमा शुक्रवार पत्रकार सम्मेलन गर्दै झाले राज्यका हरेक अंगमा समावेशिताको सुनिश्चितता एवं समावेशी प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरुको सीमाङ्कनमा पहिचान आधारित सुधार

नवगठित संयुक्त मधेस संघर्ष समितिले सबै पहिचानवादी संघीयतावादीलाई गोलवन्द हुन अपील गर्दै आगामी साउन २६ गते जनकपुरधाममा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ ।