२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

१७ र २७ गते संसदीय निर्वाचनको चुनाव हुने सम्भावना न्युन

१७ र २७ गते संसदीय निर्वाचनको चुनाव हुने सम्भावना न्युन
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख १७ र २७ गते संसदीय निर्वाचन गराउने घोषणा गरे पनि निर्वाचन आयोगले विभिन्न कारण देखाएर सो समयमा चुनाव गर्न सहज नहुने जनाएको छ । निर्वाचन आयोगले सामान्यतया निर्वाचन गर्नका लागि तीनवटा आधार प्रस्तुत गर्ने गरेको छ । सो आधारलाई निर्वाचनको पूर्वाधारका रुपमा लिइन्छ । निर्वाचनको लागि मुख्य शर्त भनेको राजनीतिक दलहरुबीच सहमति, निर्वाचनसम्बन्धी महत्वपूर्ण कानुन र शान्तिसुरक्षाको अवस्था ठीक हुनुपर्दछ । यी आधारहरु नहुँदा विगतमा निर्वाचनको मिति घोषणा गरे पनि निर्वाचन हुन नसकेका निकै दृष्टान्तहरु छन् ।

संसद् विघटन गर्ने प्रस्ताव स्वीकृतिसँगै आएका प्रारम्भिक प्रतिक्रिया र परिदृश्यहरु हेर्दा सत्तारूढ दलमा प्रधानमन्त्री ओलीको समर्थनबाहेक अरु नेताहरु, प्रमुख प्रतिपक्ष दल, संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलहरुले संसद् विघटन गर्ने निर्णयको विरोध गरेका छन् । यही अवस्था निरन्तर रहिरहने हो भने निर्वाचन सम्भव नभएको पूर्वनिर्वाचन आयुक्तहरुको भनाइ रहेको छ । दोस्रो अवस्था हो, निर्वाचनसम्बन्धी कानुन । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउनका लागि दल दर्तासम्बन्धी ऐन, निर्वाचन कसु सम्बन्धी ऐन, मध्यावधि निर्वाचनसम्बन्धी ऐनलगायत ९ वटा मुख्य मुख्य कानुनहरु चाहिन्छ । संसद् नभएको अवस्थामा ती कानुनहरु कसरी उपलब्ध हुने भन्ने प्रश्न पनि ज्यूकात्यूँ रहेको छ ।

२०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरी ताजा जनादेशको सिफारिस गर्नुभएको थियो । त्यतिबेला माओवादी सशस्त्र द्वन्द्वका कारण चुनाव गर्ने अवस्था नभएको भन्दै चुनावको मिति पटकपटक सारिएको थियो । त्यतिबेला राजनीतिक दलहरुबीच बेमेलसँगै शान्ति सुरक्षाको अवस्था टड्कारोरुपमा आएको थियो । त्यसैगरी २०६८ सालमा संविधानसभा विघटन भएसँगै तत्कालीन प्र्रधानमन्त्री डा। बाबुराम भट्टराईले शुरुमा मंसिरमा संविधानसभाको दोस्रो निर्वाचन गराउने घोषणा गर्नुभएको थियो । तर, राजनीतिक दलहरुबीच मतैक्य नहुनु, कानुन बनाउने संसद् नभएको अवस्थाले घोषणाअनुरुप निर्वाचन त के निर्वाचनको प्रक्रिया मात्र पनि अघि बढेन ।

निर्वाचन गराउन त्यस सम्बन्धित कार्यविधि ऐनसँगै विभिन्न ऐनहरु संसद्बाट स्वीकृत भएर आयोगमा आएको मितिले १ सय २० दिन चाहिने आयोगले जनाएको छ । तर अध्यादेशमार्फत बनाएका कानुनबाट निर्वाचन गराउन सकिन्छ भन्ने प्रश्नमा आयुक्तहरु अहिले केही भन्नसक्ने अवस्था नरहेको बताउँछन् । तर, एकथरिले भने निर्वाचन हुने धारणा पनि राखेका छन् । ‘ठूलै तयारी र परिस्थिति आकलन गरेर निर्वाचनको घोषणा भएको छ । यसले गर्दा निर्वाचन हुन सक्दैन भनेर पनि कसरी भन्नेरु’, पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भन्नुभयो– ‘निर्वाचन हुन्छ नै भने पनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन्छ नै भनेर अहिलेको परिस्थतिमा भन्न सकिन्न ।’

यसैबीच प्रधानमन्त्री ओली र निर्वाचन आयुक्त पदाधिकारीबीच निर्वाचन तयारीबारे छलफल भएको छ । प्रधानमन्त्री ओलीले मध्यावधि चुनावबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका आयुक्तसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रधानमन्त्री ओलीलाई एकै चरणमा चुनावको मिति तय गर्न आग्रह गरेको बताउनुभयो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिएको जानकारीअनुसार १० दिनको समय राखेर भन्दा एकैपटक निर्वाचन गराउँदा राम्रो हुने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ । ‘खर्च पनि कम हुने, सुरक्षालगायतको कुरा पनि सहज हुने भएकाले एकै पटकमा निर्वाचन गराउँदा राम्रो हुने सल्लाह आयोगले दिएको हो।’ –प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

निर्वाचन घोषणा भएलगतै कानुनबमोजिम मतदाता नामावली संकलन रोकिएको छ । निर्वाचनको मिति घोषणा भएपछि निर्वाचनका लागि मतदाता नामावली संकलन रोक्नुपर्ने कानुनी प्रावधान रहेको छ । अब हुने निर्वाचनमा ३ पुससम्ममा १८ वर्ष पुगेका नागरिकहरुले मात्र भाग लिन पाउनेछन् । नेपाल समाचारपत्र दैनिक