२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

संवैधानिक पदाधिकारीको सिफारिसः ५ जना प्रधानन्यायाधीशकै ‘मान्छे’

संवैधानिक पदाधिकारीको सिफारिसः ५ जना प्रधानन्यायाधीशकै ‘मान्छे’
अ अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्को गत मंगलबार सुटुक्क बसेको बैठकले विभिन्न संवैधानिक आयोगमा सिफारिस गरेकामध्ये कम्तीमा ५ जना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नजिकका व्यक्तिहरू रहेको खुलेको छ । सर्वोच्च अदालत स्रोतका अनुसार कतिपयको पहिचान नखुलेकाले यो संख्या धेरै पनि हुन सक्छ । ४५ जनाको नाम सिफारिस भनिए पनि ३८ जनाको नाम मात्रै सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस किशोर सिलवाल प्रधानन्यायाधीश जबराका पुराना साथी हुन् । काठमाडौं स्कुल अफ लका संस्थापकमध्येका उनी प्रधानन्यायाधीशकै कोटामा सिफारिसमा परेका स्रोतको दाबी छ ।

निर्वाचन आयुक्तमा सिफारिस रामप्रसाद भण्डारी वरिष्ठ अधिवक्ता हुन् । केही साताअघि उनको नाम न्यायपरिषद्को सदस्यका लागि चर्चामा थियो । नेकपानिकट भए पनि उनलाई प्रधानन्यायाधीशकै रुचिमा सिफारिस गरिएको बताइएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर यसअघि राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशक थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा सुशील प्याकुरेलको नाम सिफारिस गर्ने हल्ला चले पनि उनको विवादित ट्रयाक रेकर्ड र न्यूनतम शैक्षिक योग्यताका कारण प्रधानन्यायाधीशको सिफारिसलाई नै कार्यान्वयन गरे ।

प्रधानन्यायाधीश जबरासँग राम्रो सम्बन्ध भएका कारण प्रतिष्ठानमा जागिर पाएका पूर्वन्यायाधीश मगरले त्यहाँबाट ६ वर्षका लागि मानव अधिकार आयोगको अध्यक्षमा फड्को मारेका हुन् । न्याय सेवामा प्रवेश गर्नुअघि प्रधानन्यायाधीश जबरा वरिष्ठ अधिवक्ता किशोर अधिकारीको ल फर्ममा काम गर्थे । अहिले त्यही फर्ममा काम गर्ने अधिवक्ता मनोज दुवाडीलाई उनले मानव अधिकार आयोगको सदस्यमा सिफारिस गराएका छन् । समावेशी आयोगमा सदस्य बनेका डा. रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार हुन् ।

सूचनाको हकसम्बन्धी कानुनका ज्ञाता उनलाई प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विज्ञका रूपमा नियुक्ति दिएका थिए । अहिले उनी समावेशी आयोगमा सिफारिस भएका हुन् । उनी नेसनल ल कलेजका पनि प्राचार्य हुन् ।

को कहाँ सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख: प्रेमकुमार राई

सदस्य: जयबहादुर चन्द,

किशोर सिलवाल

निर्वाचन आयोग

आयुक्त: रामप्रसाद भण्डारी

डा जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष: तपबहादुर मगर

सदस्य: मनोज दुवाडी

सूर्य ढुंगेल

लिली बस्नेत थापा

मीहिर ठाकुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग

जुद्ब गुरुङ

अम्मरराज मिश्र

महिला आयोग

अध्यक्ष: कमला पराजुली

सदस्य: कृष्णकुमारी पौडेल

विद्याकुमारी सिन्हा

राष्ट्रिय दलित आयोग

अध्यक्ष: देवराज विक

सदस्यह: मीना सोब

पर्शुराम रम्तेल

तुन्ज बराइली

मेहेले पार्की

समावेशी आयोग

अध्यक्ष: रामप्रसाद खत्री

सदस्य: रामचन्द्र जोशी

रामकृष्ण तिमिल्सिना

हरिदत्त जोशी

आदिवासी जनजाति आयोग

अध्यक्ष: रामबहादुर थापा

सदस्य: मिनश्रीस मगर

मेन्चुङ लामा

रिना राना

चरण राई

मधेसी आयोग

सदस्य: जिवत्स साह

रेणुदेवी साह

विजय गुप्ता

थारु आयोग

सदस्य: विकास चौधरी

वविता चौधरी

सुवोध सिंह

भोलाराम चौधरी

मुस्लिम आयोग

सदस्य: महमुद्दिन अली

मिर्जा अरसद बेग

कान्तिपुर दैनिक