२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफी खेल्ने वार्नरको प्रस्ताव अस्ट्रेलिया बोर्डद्वारा अस्विकार !



अ+ अ-

एजेन्सी । सन् २०२५ मा पाकिस्तानमा हुने एकदिवसीय च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाली टोलीमा डेभिड वार्नरको नाम विचार गरिने छैन ।

वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भए पनि क्रिकेट अस्ट्रेलियाले चाहेमा पाकिस्तानमा हुने एकदिवसीय च्याम्पियन्स ट्रफी खेल्न सक्ने बताएका थिए ।

अष्ट्रेलियाका राष्ट्रिय चयनकर्ता जर्ज बेलीले डेभिडले सन्यास लिएको र उनले तीनवटै ढाँचामा जसरी करियर बनाए, त्यसको प्रशंसा गर्नुपर्ने बताए । यद्यपि, पाकिस्तानमा उनको उपस्थिती हुन नसक्ने उनले प्रस्ट पारे ।

वार्नरले टी–२० विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । उनले जनवरीमा भनेका थिए कि गत वर्ष एकदिवसीय विश्वकप जितेपछि यस ढाँचामा आफ्नो करियर समाप्त भएको थियो । वार्नरले टेस्ट क्रिकेटबाट पनि सन्यास लिइसकेका छन् ।

जर्ज बेलीले वार्नरको कमब्याकको सम्बन्धमा भनेका थिए कि उनले कहिले ठट्टा गर्दैछन् भन्न सकिँदैन । ‘उनको एक अद्भुत करियर छ, जुन मनाउन गाह्रो छ । मलाई लाग्छ समय बित्दै जाँदा, हामी अष्ट्रेलिया क्रिकेटमा उनको योगदानलाई प्रतिबिम्बित गर्न जारी राख्नेछौं ।’ उनले भने । ‘उनी एक महान खेलाडी हुन् र उनको विरासत बढ्दै जानेछ । जहाँसम्म यो टोलीको सवाल छ, यहाँ केही नयाँ र उदीयमान खेलाडीहरू आउनेछन् । तीनवटै ढाँचामा परिवर्तनको यो यात्रा रोमाञ्चक हुने छ ।’

वार्नर तीन पटक विश्वकप जित्ने अष्ट्रेलियाको टोलीमा रहेका छन्, जसमा २०१५ र २०२३ को एकदिवसीय विश्वकप र २०२१ को टी–२० विश्वकप समावेश छ । वार्नर २०२१ को टी–२० विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट पनि बनेका थिए थिए ।