२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी मारियाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



अ+ अ-

काठमाडौँ । अर्जेन्टिनी स्टार फरवार्ड एन्जल डी मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेलपछि डी मारियाले औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबललाई बिदाई गरेका हुन् ।

उनले कोपाको फाइनलमा सुरुवाती ११ मा स्थान बनाएका थिए । खेलको १ सय १७ औँ मिनेटमा मैदान छाडेका उनी निकै भावुक देखिन्थे ।

गत नोभेम्बरमा नै डी मारियाले कोपा अमेरिकापछि सन्यास लिने घोषणा गरेका थिए ।

सन् २००७ मा डी मारियाले अर्जेन्टिनी यू २० बाट टोलीमा स्थान बनाएका थिए । सन् २००८ मा सिनियर टोलीमा डेब्यु गरेका डी मारियाले १ सय ४५ खेलमा ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाबाट ४ विश्वकप खेलेका छन् ।