७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोपमा नेपाललाई प्राथमिकता : सेरम



अ+ अ-

नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ । सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले नेपालका लागि समेत खोप उत्पादन गर्ने योजना बनाएको बताएका छन् । ‘सेरमले कोरोना खोप आपूर्ति गर्ने सन्दर्भमा नेपाल, बंगलादेश, भुटानलगायत मुलुकलाई प्राथमिकता राखेको रहेछ,’ राजदूत आचार्यले भने ।

भेटमा राजदूत आचार्यले खोप विकासको पछिल्लो अवस्था, उत्पादन र वितरण सम्बन्धमा चासो राखेका थिए । भारतमा हाल सेरमलगायत कम्पनीका ६ वटा खोपको परीक्षण अन्तिम चरणमा छ । केही मुलुकले खोप प्रयोगलाई अनुमति दिइसकेका छन् । नेपाल सरकारले जतिसक्दो चाँडो खोप उपलब्ध गराउन विभिन्न मुलुक र संस्थालाई औपचारिक रूपमै आग्रह गरिसकेको जनाएको छ । खोप खरिददेखि उपलब्ध गराउनेसम्मको प्रक्रियाको गृहकार्य सुरु भइसकेको पनि सरकारको दाबी छ ।

नेपालले भारतसँग पनि खोपको व्यावसायिक उत्पादन सुरु भएपछि सकेसम्म चाँडो उपलब्ध गराउन आग्रह गरिसकेको छ । यसैक्रममा भारतका लागि नेपाली राजदूत आचार्यले सोमबार सेरम इन्स्टिच्युटका संयुक्त निर्देशक सिंहसँग भेट गरेका हुन् । गत महिना भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय छलफलमा पनि यस विषयले प्राथमिकता पाएको थियो । शृंगलाले पनि भारतको खोप उपलब्ध गराउने मुलुकहरूमा नेपाल प्राथमिकतामा रहेको जनाएका थिए । विश्वमा भारतले ६० प्रतिशतभन्दा बढी खोप उत्पादन गर्ने गरेको छ ।

भारतीय केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी जनवरीमा भारतमा खोप लगाउन सुरु हुने दाबी गरेका छन् । भारतमा खोपको सरकारी मूल्य ३ डलर र खुला बजारमा ६ डलरसम्म पर्ने अनुमान छ । उक्त खोप दुई पटक लगाउनुपर्ने बताइएको छ । कान्तिपुर दैनिक