१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: चेल्सी शीर्ष चारको नजिक



अ+ अ-

लन्डन । चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार राति वेस्ट ह्यामलाई ३–० ले हराएको छ । टमी अब्राहमले खेलको अन्त्यतिर गरेको दुई गोलमा चेल्सीले जित हात पारेको हो ।  घरेलु मैदानमा भएको खेलमा चेल्सीले ब्राजिली डिफेन्डर थिएगो सिल्भाको गोलबाट सुरुआती अग्रता लिएको थियो ।

यो जितपछि चेल्सीको १४ खेलबाट २५ अंक पुगेको छ । जुन शीर्ष चारबाट एक अंकको मात्र दूरी हो । वेस्ट ह्याम भने लगातार तेस्रोपटक घरेलु मैदानबाहिरको खेल जित्न असफल रह्यो । टोली २१ अंकसहित दसौं स्थानमा छ ।