४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

जाँदाजाँदै रविले भने: नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे अनुसन्धान नरोकियोस

जाँदाजाँदै रविले भने: नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे अनुसन्धान नरोकियोस
अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी, टीकापुर, पतञ्जली र बालमन्दिर जग्गा प्रकरणबारे जारी अनुसन्धान निश्पक्ष र प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

गृहमन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा मन्त्री लामिछानेले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘मेराबारे पनि जवरजस्त प्रश्न उठाइएको छ। मैले त पहिला पनि केही भनेको थिइन। तर, आजसम्म स्वत: प्रभावित हुनुभएको भए पनि अब मेरोबारे पनि अनुसन्धान गर्नुस्। गलत गरेको भए कानून मलाई पनि लाग्नुपर्छ।’

उहाँले भन्नुभयो ‘हामी कहाँ सरकार परिवर्तन अनौठो कुरा नै होइन। तर, सरकार परिवर्तनको प्रभाव प्रहरी र कर्मचारी प्रशासनमा पर्नु हुँदैन। सकेसम्म नपार्ने प्रयास गर्नुहोला।’

गृहमन्त्री लामिछानेले भन्नुभयो ‘अनुसन्धान जारी रहेका कारण सुन काण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेकै हो। राज्यको गोपनियता मन्त्रीको सनकको भरमा सार्वजनिक गर्नु हुँदैन।’

उहाँले भन्नुभयो हामीलाई लागेको होला के के नै गर्यौं। तर, हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन्। नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरु थप्दै सार्वजनिक गर्नुको के अर्थ ?

गृहमन्त्री लामिछानेले भन्नुभयो सरकार परिवर्तन हुनुको, मन्त्री आउनु र जानुको प्रभाव नागरिकलाई पर्नु हुँदैन। म जानु र अर्को मन्त्री आउनुमा तपाईंहरुले खासै परिवर्तन महसुस गर्नु पर्दैन। कानूनअनुसार काम गर्न मन्त्री परिवर्तनले के फरक पार्छ र ?

उहाँले चार महिनामा धेरै काम गर्न नसकिएपनि केही आधार तयार भएको जनाउनु भयो । उहाँले भन्नुभयो ‘तयार भएको आधारलाई भत्किन नदिनु होला। आशा छ नयाँ मन्त्रीले पनि बनेको आधारलाई सकारात्मक रुपमा ग्रहण गर्नुहुने छ ।’