२५ श्रावण २०८३, सोमबार
,
Latest
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले राखेका आ–आफ्ना धारणामा स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका क्रममा भएका विचारविमर्श भने राम्रो भएको बताउनुभयो ।

“कुनै पनि मान्यसदस्यहरूलाई ‘कन्फ्युजन’ नहोस्, मैले आज आक्रोश र भावना राखेको होइन,” प्रधानमन्त्रीले भन्नुभयो, “मैले आफ्नो दल र पार्टीको चिन्ता गम्भीरताका साथ राखेँ, यो कुनै आवेग होइन, भावना पनि होइन ।”

आफूले राखेको प्रस्ताव अनुभवको निष्कर्ष भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले देशलाई कता लैजाने भन्ने निर्णय गर्ने मुख्य थलो प्रतिनिधिसभा नै भएको बताउनुभयो । उहाँले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्धहरू विकसित गर्ने प्रयास गरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले विश्वासको मत माग्दा राखेका धारणा सोचेसम्झेअनुसारका निष्कर्ष हुन् ।” उहाँले विभिन्न दलका तर्फबाट प्रस्तुत भएका धारणाप्रति धन्यावाद व्यक्त गर्नुभयो ।