२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्र संघको मुख्यालयमा मिथिला चित्रकला प्रदर्शनी



अ+ अ-

न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ विहिबारबाट प्रदर्शनी औपचारिक रुपमा सुरु भएको हो ।

मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ । संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गुर्न भएको हो ।

अध्यक्ष फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफुलाई गम्भिर बनाएको भन्दै मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागि हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समारोहलाई सम्बोधन गर्दै स्थायी नियोग प्रतिनिधी एवं राजदुत लोक बहादुर थापाले मिथिला चित्रकलाले सांकेतिक रूपमा दिएको सन्देशलाई गम्भिर रूपमा लिनुपर्ने बताउनु भयो ।

उहांले जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनिकरणका लागि गम्भिर हुन उच्च नेतृत्वलाई आग्ररह पनि गर्नुभयो । समारोहमा राष्टि्य योजना आयोगका उपाध्यक्ष भिम बहादुर श्रेष्ठलगायतले धारणा राख्नु भएको थियो । मुख्यालयमा जारी हाई लेभल पोलिटिकल फोरुम अन सस्टेनेवल डेभलपमेन्टलाई लक्षित गरी आयोजना गरिएको प्रदर्शनीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि अपनाउनु पर्ने नीतिका बारेमा दवाव दिने अपेक्षा गरिएको मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमित प्रताप शाहले जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तन, वातावरणीय चेतनासँगै दिगो विकास लक्ष्य हासिल गर्न सांस्कृतिक सम्पदाको भूमिका महत्वपूर्ण हुने भएकोले संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । मिथिला कला प्रकृतिसँग जोडिएको र यसले पारेको प्रभाव चित्रकलाबाट प्रस्तुत गरिएको मिथिला चित्रकार प्रतिक रायमाझीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, मिथिला कला र संस्कृति प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने तथा वर्तमान सन्दर्भमा जलवायु परिवर्तनले पारेको असर चित्रकला मार्फत प्रस्तुत गरेका छौं । प्रदर्शनीले मिथिला कला र नेपाली संस्कृतिको प्रवद्र्धनमा टेवा पुग्ने रायमाझीको विश्वास छ । निकै अर्थपूर्ण र कलात्मक रुपमा कोरिएका मिथिला चित्रले संयुक्त राष्ट्र संघको मुख्यालयमा उपस्थित भएका संसारभरका उच्चपदस्थ प्रतिनिधिहरुको ध्यानाकर्षण गरेको छ । प्रदर्शनीमा मिथिला चित्रकारहरु स्वयम्ले यसको बारेमा व्याख्या गरिरहेका छन् । दक्षिण नेपालका साथै उत्तरी भारतको मिथिला क्षेत्रको गौरव, ईतिहास, कला, सभ्यता, परम्परा र मौलिकतालाई दर्शाउने मिथिला चित्रकला साहित्यिक ज्ञान र कथाहरुसँग जोडिएको छ । सबैभन्दा पुरानो जीवित संस्कृति र सभ्यता मध्येको एक यो सम्पदाले मानव समाजमा शान्ति, स्थिरता, मित्रता, सद्भाव र समृद्धिमा योगदान पुर्याउने सेन्टरका अध्यक्ष शाहले दावी गर्नुभयो ।

नेपाली महावाणिज्य दुतावास न्यूयोर्कका कार्यवहाक महावाणिज्य दुत चक्र सुवेदीले मिथिला सभ्यता नेपालको ऐतिहासिक पहिचान भएको भन्दै जलवायु परिवर्तनले पारेको असर र यसमा सम्पूर्ण विश्वलाई गम्भीर बनाउने उद्देश्यसहितको प्रदर्शनी आफैमा महत्वपूर्ण भएको दावी गर्नुभयो । त्यस्तै न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले प्रदर्शनीले नेपाली कलालाई विश्वमाझ चिनाउने मात्र नभई हाम्रो सभ्यतासँग जोडिएको गर्विलो इतिहासलाई जिवन्त बनाउने बताउनुभयो । मिथिला सेन्टर अमेरिकाको पहलमा गत वर्ष पनि यस्तो प्रदर्शनी गरिएको थियो । जुलाई ८ तारिखबाट अनौपचारिक रुपमा सुरु भएको प्रदर्शनी विहिबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

यो प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ । प्रदर्शनी संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा जारी दिगो विकास लक्ष्य (एसडीजी) को उच्चस्तरीय सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको हो । प्रदर्शनीमा एस के सुमन, प्रतिक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिं, मनिश सिं लगायतका चित्रकार उपस्थिति रहेको छ । त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरु सेलो यादाव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको पनि प्रदर्शनीमा सहभागिता रहेको छ ।