७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

लागुऔषध नियन्त्रणमा वाग्मती प्रदेश प्रहरी

लागुऔषध नियन्त्रणमा वाग्मती प्रदेश प्रहरी
अ+ अ-

वाग्मती । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट गर्ने र लागुऔषधको ओसारपसारलाई नियन्त्रण गर्ने गरी विविध क्रियाकालापमार्पmत कार्य सञ्चालन गरेको हो । कार्यअन्तर्गत विभिन्न जिल्लामा लगाइएको प्रतिबन्धित गाँजाखेती नष्ट गर्नुका साथै लागुऔषधको ओसारपसार नियन्त्रणमा अन्य काम गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो ।

वाग्मती प्रदेशभित्र पर्ने मकवानपुर, चितवन, सिन्धुली, धादिङलगायतका जिल्लामा अवैध लागुऔषध गाँजाखेती हुने र पूर्वपश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसारपसार गर्ने मार्ग रहेको हुँदा लागुऔषधको गैरकानूनी खेती र ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले कारवाही अभियान सञ्चालन गरिएको हो । कार्यालयका अनुसार विभिन्न मितिमा गरी पुस महिनाको हालसम्मको अवधिमा ३७१ बिघा ५६ कठ्ठा २७ धुर जग्गा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जनाकारी दिनुभयो । यस अभियानलाई प्रभावकारी बनाउन प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा गरी ४२८ प्रहरी कर्मचारी परिचालित गरिएको थियो ।

मकवानपुरमा मात्रै पुस महिनामा २३५ बिघा पाँच कठ्ठा पाँच धुरमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ भने चितवनमा ५० बिघा, सिन्धुलीमा ६३ बिघा २५ कठ्ठा १० धुर र धादिङमा २१ बिघा आठ कठ्ठा गरी मङ्सिरमा मात्रै ३७१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकाअन्तर्गतका वडा नं ८ र ९ मा मङ्सिर २१ देखि २३ गतेसम्म सञ्चालन गरिएको गाँजा फडानीअन्तर्गत २२३ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको उहाँले बताउनुभयो । मङ्सिर महिनालाई लागुऔषधविरुद्धको कारवाही अभियानको रूपमा सञ्चालन गर्ने क्रममा गाँजा ९६ केजी, लागुऔषध चरेस ५० केजी बरामद भएको छ । त्यस्तै औषधिजन्य लागुऔषधअन्तर्गत डाइजेपाम ७५ एम्पुल, फेनार्गन ७२ एम्पुल, नुर्फिन ७५ एम्पुल, नाइट्रोभेट एक हजार २०० ट्याब्लेट, नाइट्रेजेपाम ४५ ट्याब्लेटलगायतका लागुऔषध बरामद गरिएको छ ।

मङ्सिर महिनाभित्र लागुऔषध ओसारपसार गर्ने २०  व्यक्तिलाई समेत पक्राउ गरिएको छ भने फरार चार जनाको खोजतलास भइरहेको छ । लागुऔषध ओसारपसार संलग्न छ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले जानकारी दिनुभयो । यस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा अवैधरूपमा लगाइएको गाँजा, अफिमखेती नष्ट गर्ने काम अझैसम्म सम्पन्न नभइसकेकाले लागुऔषधको अवैध खेती नष्ट गर्ने अभियानलाई पुस महिनामा पनि निरन्तरता दिने काम भइरहेको छ ।