काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगमा पुगेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकको निर्णय सहित बहुमत सदस्यको हस्ताक्षर लिएर नेता लिलामणी पोखरेल निर्वाचन आयोग जानु भएको छ ।
दाहाल नेपाल पक्षको केन्द्रीय समितिको बैठकले केपी ओलीलाई अध्यक्ष पदबाट हटाउँदै नेता माधव कुमार नेपाललाई चयन गरेको थियो । उता मंगलबार नै ओली समूहले पनि विस्तारित केन्द्रीय समितिको निर्णय सहित निर्वाचन आयोगमा पत्र दर्ता गरिसकेको छ ।
दुबै पक्षले आफूहरु आधिकारिक भएको दाबी गर्दै नेकपा र सूर्य चिह्नमा दाबी गरेका छन् ।











