काठमाडौं । बुधबार थप ७ सय ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ६५५९ जनामा गरिएको पिसिआर परिक्षणमा ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५२ जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३ पुगेको छ।











