७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्लाटन इब्राहिमोभिचले विराट कोहलीलाई नचिनेपछि…



अ+ अ-

एजेन्सी । अमेरिकी सोशल मिडिया स्टार ड्यारेन जेसन वाटकिन्स जुनियर विराट कोहलीका ठूला फ्यान हुन् र उनी ‘इशो स्पीड’ बाट परिचित छन् ।

यी अमेरिकी स्टारले प्रायः आफ्नो भिडियोमा कोहलीको तारिफ गरेको देखिन्छ र हालसालै उनी स्वीडेनका लिजेण्डरी फुटबलर ज्लाटन इब्राहिमोभिचसँग घुम्न गएका थिए ।

यो यात्राको क्रममा जब स्पीडले इब्राहिमोभिचलाई विराट कोहलीको बारेमा सोधे, उनको अनौठो प्रतिक्रिया भाइरल भएको छ ।

स्पीडले इब्राहिमोभिचलाई विराट कोहलीलाई चिन्नुहुन्छ भनेर सोधे, जसको जवाफमा स्विडेनी फुटबलरले भने, ‘को हो, विराट कोहली ? मैले क्रिकेट हेरेको पनि छैन, कोहलीलाई छोड्नुहोस् । म कसैको अपमान गर्न चाहन्न, तर म गर्छु । ? थाहा छैन उ को हो ?’ अर्कोतर्फ, अमेरिकी सोशल मिडिया स्टारले कोहलीको तारिफ गर्दै भने, ‘विराट महान खेलाडी हुन्, म क्रिकेट हेर्छु र उनी आफ्नो खेलमा माहिर छन् ।’

क्रिकेट खेल पश्चिमी देशहरूमा धेरै लोकप्रिय नभए पनि ब्राजिलका दिग्गज फुटबलर रोनाल्डो नाजारियोले कोहलीलाई चिन्छन् । स्पीडले उनलाई विराट कोहलीको तस्बिर देखाउने बित्तिकै नाजारियोले उनलाई चिने र कोहलीलाई उत्कृष्ट खेलाडी पनि भने । स्पीड भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल हेर्न नासाउ काउन्टी स्टेडियममा आएका थिए, जहाँ उनी टीम इन्डियाको जर्सीमा देखिएका थिए ।