८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

मेस्सी र लमिन यमालबीच १६ वर्षअघि भएको त्यो दुर्लभ भेट

मेस्सी र लमिन यमालबीच १६ वर्षअघि भएको त्यो दुर्लभ भेट
अ+ अ-

एजेन्सी । सन् २००७ मा लिओनेल मेस्सीले बार्सिलोना फुटबल क्लबको रङ्गशाला ‘क्याम्प नू’को ड्रेसिङ रूममा एउटा परोपकारी कार्यका लागि भित्तेपात्रोमा छाप्ने उद्देश्यले एक शिशुसँग फोटो खिचाएका थिए।

त्यतिबेला मेस्सी २० वर्षका थिए र फुटबल खेलाडीका रूपमा उनले चर्चा बटुल्न थालिसकेका थिए। कालान्तरमा उनी निकै प्रतिभावान् र सफल खेलाडीका रूपमा स्थापित भए।

त्यतिबेला तस्बिर खिच्ने फोटोग्राफर वा अरू कसैले पनि ती शिशु १७ वर्षभन्दा कम अवधिमा अन्तर्राष्ट्रिय फुटबलमा प्रभावशाली खेलाडीका रूपमा उदाउँछन् भन्ने कल्पना पनि गरेका थिएनन्।

तस्बिर खिचाउन मेस्सीले काखेबालक लमिन यमाललाई नुहाएदिएका थिए।

तिनै यमालले अहिले जारी यूरो कपमा निकै चर्चा कमाएका छन्।

जर्मनीमा जारी यूरो कप फुटबलको सेमिफाइनलमा यमालले मङ्गलवार फ्रान्सविरुद्ध गोल गरे। उक्त गोलको दशकौँसम्म चर्चा हुने छ किनकि उनले यूरो कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको इतिहास बनाएका छन्।

गोल गर्दा यमाल १६ वर्ष ३६२ दिनका थिए।

फ्रान्सले एक गोल गरेपछि पछाडि परेको स्पेनलाई यमालले बराबरीको स्थितिमा पुर्‍याए। दानी ओल्माले गरेको अर्को गोलको सहयोगमा स्पेन विजयी भयो। तीनवटै गोल खेलको पूर्वार्धमा भएका थिए।

यूरो कपको फाइनल खेल जुलाई १४ आइतवार राति (नेपाली समयानुसार मध्यरातपछि) हुने छ।

अहिले कोपा अमेरिका पनि चलिरहेको छ। बुधवार भएको सेमिफाइनल खेलमा क्यानडालाई हराउँदै आर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको छ।

आर्जेन्टिनाले २–० ले जितेको सो खेलमा मेस्सीले एक गोल गरेका थिए।

कोपा अमेरिकाको फाइनल खेल जुलाई १५ को दिन सोमवार हुने छ।

यमालले कसरी पाएका थिए अवसर
लामो समयसम्म कसैले वास्ता नगरेको तस्बिर गत साता सामाजिक सञ्जालमा देखा पर्‍यो।

यमालका बुवाले गत साता \दुई प्रतिभाशाली खेलाडीको थालनी’ भन्ने वाक्यसहित एउटा तस्बिर इन्स्टाग्राममा पोस्ट गरे।

समाचारसंस्था एपीका लागि काम गर्ने जोन मन्फर्टले मेस्सी र यमालका तस्बिरहरू खिचेका थिए।

लमिनको परिवार बस्दै आएको मातारो सहरमा यूनिसेफले गोलाप्रथा गरेपछि ती तस्बिर खिचिएको मन्फर्ट बताउँछन्।

‘उनीहरूले बार्साका एक खेलाडीसँग क्याम्प नूमा तस्बिर खिच्न पाउने अवसरका लागि नाम दर्ता गरेका थिए। अनि उनीहरूले जिते,’ मन्फर्टले एपीसँग भने।

उक्त काम त्यति सजिलो भने नभएको उनी बताउँछन्।

‘मेस्सी निकै अन्तर्मुखी छन्, उनी लजालु छन्,’ उनले भने।

‘उनी लकर रूमबाट बाहिर निस्किँदै थिए, अनि उनी अकस्मात् पानी भरिएको प्लास्टिकको बाटामा एउटा बच्चा राखिएको अर्को कोठामा पुगे। त्यो अलमल पार्ने खालको कुरा थियो। सुरुमा त उनलाई ती बालकलाई कसरी समात्ने भन्ने पनि थाहा थिएन।’

यमालको बार्सिलोना यात्रा
मेस्सीले जसरी नै यमालले पनि बार्सिलोनाबाट खेले।

उक्त क्लबबाट खेल्ने उनी सबैभन्दा कान्छा खेलाडी र गोलकर्ता हुन्। उनी स्पेनिश लीग ुला लिगाु मा पनि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्।

गत साता अनलाइन माध्यममा तस्बिर भाइरल हुन थालेपछि त्यसमा भएका शिशु यमाल भएको मन्फर्टले भेउ पाए।

‘त्यति धेरै सनसनी फैलाएको कुरामा नाम जोडिनु निकै रमाइलो कुरा हो,’ उनले भने।

‘साँच्चै भन्नुपर्दा यो निकै सुखद अनुभूति हो।’ बीबीसीबाट साभार