२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड वार्नर सन्यासबाट फर्किने सम्भावना, च्याम्पियन्स ट्रफी २०२५ खेल्ने संकेत



अ+ अ-

एजेन्सी । डेभिड वार्नर अस्ट्रेलियाली क्रिकेटका सफल क्रिकेटर हुन् । वार्नरले जनवरीमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । यसअघि उनले एकदिवसीय विश्वकप २०२३ उनको अन्तिम ५० ओभरको खेल हुने बताएका थिए ।

सुपर–८ खेलेर अष्ट्रेलिया २०२४ को टी–२० विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । तर अहिले उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेर सबैलाई चकित पारेका छन् । जहाँ डेभिड वार्नरले २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने संकेत गरेका छन् ।

हालै, आफ्नो करियरको सम्झना गर्दै इन्स्टाग्राममा लेखिएको पोस्टमा, डेभिड वार्नरले फेरि एक पटक अर्को वर्ष २०२५ को फेब्रुअरी–मार्चमा पाकिस्तानमा खेलिने च्याम्पियन्स ट्रफीको उल्लेख गरेका छन् ।

आफ्नो इन्स्टाग्राम पोस्टमा डेभिड वार्नरले लेखेका छन् – ‘लामो समयसम्म उच्च स्तरमा खेल्नु मेरो लागि अविश्वसनीय अनुभव हो । अष्ट्रेलिया मेरो टोली थियो । मेरो करियरको अधिकांश समय अन्तर्राष्ट्रिय स्तरमा रह्यो । यो मेरो लागि सम्मानको कुरा हो । सबै ढाँचामा १०० भन्दा बढी खेल खेल्नु मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’

त्यसपछि उनले लेखेका छन्– ‘म केही समय फ्रेन्चाइजी क्रिकेट खेल्न जारी राख्छु, छनोट भएमा च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाबाट खेल्न पनि तयार छु ।’

डेभिड वार्नरले प्रतियोगिताअघि अस्ट्रेलियाका लागि कुनै खेल खेल्न नपाउने भएकाले यसको सम्भावना निकै कम छ । अष्ट्रेलियाले सेप्टेम्बरमा इङ्ल्यान्डको भ्रमण गर्नेछ जहाँ उसले एकदिवसीय सिरिज खेल्नेछ । यसपछि नोभेम्बरमा पाकिस्तानको भ्रमण छ जहाँ वार्नरले आफ्नो उत्तराधिकारी मानेका जेक फ्रेजर–म्याकगुर्कले ओपनिङ गर्ने मौका पाउन सक्छन् ।

वार्नरले आफ्नो एकदिवसीय करियरमा ४५.३० को औसत र २२ शतक बनाएर ६९३२ रन बनाएका छन् । यो आँकडा रिकी पोन्टिङपछिको दोस्रो उत्कृष्ट हो ।