२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय टोलीका यी खेलाडीहरु जसले एक खेल पनि नखेली ५–५ करोड लिनेछन्



अ+ अ-

एजेन्सी । टी–२० क्रिकेट विश्वकप जितेपछि भारतीय टोलीमा पैसा र पुरस्कारको भारी वर्षा भएको छ ।

बीसीसीआईले घोषणा गरेको १२५ करोड रुपैयाँ पुरस्कार राशिमध्ये १५ खेलाडीले ५–५ करोड रुपैयाँ पाउनेछन् ।

रोचक कुरा के छ भने ५–५ करोड रुपैयाँ पाउने १५ खेलाडीमध्ये एउटा पनि खेल नखेल्ने तीनजना अनुहार छन् ।

मुख्य प्रशिक्षक राहुल द्रविडलाई पनि कुल पुरस्कार राशिमध्ये ५ करोड रुपैयाँ पुरस्कार दिइनेछ ।

‘द इन्डियन एक्सप्रेस’ को रिपोर्ट अनुसार कोर कोचिङ ग्रुपका बाँकी रहेकाले २.५ करोड रुपैयाँ पाउनेछन् ।

टोलीका चार रिजर्भ खेलाडी (रिंकु सिंह, शुभमन गिल, आवेश खान र खलिल अहमद)ले पनि १–१ करोड रुपैयाँ पाउनेछन् ।

यशस्वी जैसवाल, सञ्जु सामसन र युजवेन्द्र चहल टोलीमा थिए तर उनीहरुले एउटा खेल खेलेका थिएनन् । उनीहरुले पनि ५ करोड रुपैयाँ पाउनेछन् ।