६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयपृथ्वी राजमार्ग अवरूद्ध



File Photo
अ+ अ-

देउलेख । वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको हो ।

बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जीप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् ।

सडक नियमित सञ्चालनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय बझाङले बैतडी प्रशासनलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । उहाँले बझाङ–बैतडीको सिमाना भए पनि बैतडीको खोड्पे नजिकै पहिरो गएकाले पहिरो हटाउन सहजीकरण र सहयोग गर्न बैतडी प्रशासनलाई अनुरोध गरिएको बताउनुभयो ।

प्रजिअ कुइकेलले जयपृथ्वी राजमार्गअन्तर्गत मालालाग्ने भीरमा पनि पहिरो गएकाले स्थानीय तहसँग जनशक्ति र आवश्यक उपकरण उपलब्ध गर्न अनुरोध गरिएको बताउनुभयो । राजमार्ग नियमित सञ्चालन गरी जनजीवन सामान्य बनाउन सबैले सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस