८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

तरकारी क्यूआर कोड मार्फत भुक्तानी गर्ने

तरकारी क्यूआर कोड मार्फत भुक्तानी गर्ने
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । 

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोग गर्ने अभियान शुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरुमा क्यूआर कोडबाट भुत्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशै भरका तरकारी बजारमा क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताउनुभएको हो । नगदको चलनचल्तिबाट कोभिड–१९ संक्रमण जोखिमको डर भएकोले क्यूआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको पनि बताउनुभयो । कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै अहिले क्यूआर कोडको प्रयोगकर्ताहरु मासिक रुपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले बताउनुभयो ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहनु भएका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरुको खर्च घटने बताउनुभयो । ब्रिक बैंकिङको लागत क्लीक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरुले क्यूहार कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताउनुभयो । त्यसका लागि बैंकहरुले डिजिटल पूर्वाधार र सुरक्षामा अझबढी लगानी बढाउनुपर्ने पनि सिइओ दाहालले बताउनुभयो ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गर्नुभएको हो । डिजिटल भुक्तानी प्रणालीलाई सहजिकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका विक्रेताहरुलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो ।