२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले बिद्रोहपछिको पहिलो महाधिवेशन भएकाले सर्वसहमतिबाट गर्न पार्टीका नेता/कार्यकर्ताले सुझाव दिएको बताउनुभएको छ ।

बिहीवार उहाँले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच दाबेदारी प्रश्तुत भएको भन्दै कार्यकर्ताको सुझावअनुसार सर्वहसमितमै नेतृत्व चयन हुने बताउनुभएको हो ।उहाँले मतमतान्तर नगरी सर्वसहमतिमा बढे आगामी दिनमा पनि पार्टीलाई फाइदा हुने सुझाव आएकाले कार्यकर्ताको सुझाव मानेर नै अघि बढ्ने बताउनु भयो । पार्टीले असार १६ गतेदेखि काठमाडौंमा महाधिवेशन गरिरहेको छ । आज सर्वसहमतिमा नेतृत्व टुंगो नलागे निर्वाचनबाट नेतृत्व चयन हुनेछ ।

उहाँले भन्नुभयो, ‘प्रश्तुत भएको डकुमेण्ट र समाजवादी कार्यक्रममा १२ वटा समूह विभजन गरी छलफल गर्ने काम भयो । छलफल सकेर हिजो यो १९ गते यसलाई सबैले आफ्नो समूहमा भएको छलफल प्रष्ट गर्ने काम भयो, त्यसमा आएका सुझावहरु र जिज्ञासाहरुलाई सम्बन्धित प्रश्तोताले उत्तर दिने काम भयो । कतिपय सुझावलाई समेत समावेश गर्नेगरी डकुमेण्ट सर्वसहमतिले पारित गर्ने काम भएको छ । निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाको लागि जिम्मेवारी दिने काम भइसकेको छ । आयोगले हिजो बेलुका नै मतदाताहरुको सूचि प्रकाशनको काम गरिसकेको छ । आज बिहानसम्म दाबी बिरोध गर्ने र त्यसलाई अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारी दिने प्रक्रिया र निर्वाचनका प्रक्रियाहरु अघि बढ्नेछन् । वर्तमान हाम्रो अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोर्‍याउने भनेर आफूलाई निरन्तरता दिने कुरा गर्नुभएको छ । वर्तमान महासचिव घनश्याम भुषाल परिवर्तनको पक्षमा उभिएर अध्यक्षमा उम्मेदवारी दिने भन्नुभएको छ । पार्टीभित्र यो महाधिवेशन हामी बिद्रोह गरेपछिको पहिलो हो र यसैले मतमतान्तर नगरी सर्वसहमतिमा अघि बढ्ने भन्ने भावना छ । सर्वसहमति कसरी गर्ने भन्ने सहमति भएको छ । कसरी तयार हुन्छ, त्यसको आधार त्यसैअनुसार हुन्छ ।’

उहाँले महाधिवेशनमा प्रश्तुत प्रतिवेदनमाथि छलफल भइ सर्वसहमतिले पारित भइसकेको पनि बताउनु भयो । न्युज एजेन्सी नेपाल