एजेन्सी । केही दिनयता बलिउडका दिग्गज अभिनेता शत्रुघ्न सिन्हा मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना भएका थिए ।
घरको सोफाबाट खसेर घाईते भएकाले उनको सानो शल्यक्रिया गर्नुपर्ने खबर आएको थियो । अहिले अस्पतालबाट डिस्चार्ज भएपछि शत्रुघ्न सिन्हाले शल्यक्रियाको खबरलाई अफवाह भनेका छन् ।
आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको, नियमित चेकअपका लागि अस्पताल गएको उनले बताए ।
टाइम्स नाउसँगको हालैको कुराकानीमा शत्रुघ्न सिन्हाले भने, ‘यो त पूर्ण शरीरको नियमित चेकअप मात्र थियो । म यसलाई ६० वर्ष भन्दा माथिका सबैलाई सिफारिस गर्दछु । म चुनावी प्रचारका लागि ३ महिना लगातार यात्रामा थिएँ । त्यसको लगत्तै छोरीको बिहे भयो । म अब त्यो तातो रगतको जवान केटा छैन जो दिनमा ३ सिफ्टमा काम गर्न सक्छ र अझै पनि पार्टी गर्न ऊर्जा छ ।’
शल्यक्रियाको खबरमा शत्रुघ्न सिन्हाले भने – ‘अस्पतालमा सानो शल्यक्रिया गरेको पनि मैले कतै पढेको छु । शल्यक्रिया होइन । हे भाइ, मेरो शल्यक्रिया थियो र म आफैलाई थाहा छैन ।’