१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

तीन करोड भन्दा कमका योजनाहरुमा थप बजेट विनियोजन गरियोस्: सांसद दाहाल

तीन करोड भन्दा कमका योजनाहरुमा थप बजेट विनियोजन गरियोस्: सांसद दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले ३ करोड रुपैयाँभन्दा कम विनियोजन भएका योजनाहरुमा थप रकम विनियोजन गर्न माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले तीन करोड मुनिका योजनाहरु प्रदेश सरकार र स्थानीय सरकारलाई कार्यान्वयन गर्न दिँदा संघ सरकारसँग योजना नै नरहने बताउनुभएको छ । उहाँले मन्त्रालयगत बजेट हेर्दा ९० प्रतिशतभन्दा बढी योजनाहरु ३ करोड रुपैयाँभन्दा मुनिका रहेका बताउनु भयो । उहाँले १६५ वटै निर्वाचन क्षेत्रमा बहुवर्षिय ठेक्का स्वीकृत हुनेगरी बजेट थप गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बजेट विनियोजनमा मन्त्रालयगत कमजोरी यही पटक मात्रै भएको होइन । विगतका कमजोरीका निरन्तरता हो । विगतको योजना छनौट र बजेट विनियोजनमा देखिएका कमजोरीका निरन्तरतामा मन्त्रीज्युहरु फस्नुभयो । मन्त्रीले योजना छनौट र बजेट विनियोजन गर्दा विभेदकारी योजना छनौट, बजेट विनियोजन गर्नुभयो । त्यसले कहीँ न कहीँ समस्या त जन्माइरहेकै छ । विगतका कमजोरीका निरन्तरता । बदनियतपूर्ण कमजोरी हो । परिस्थितिजन्य कमजोरी होइन । उहाँहरुले वित्तीय संघीयता, प्रशासनिक संघीयतालाई अस्वीकार गर्नुभएको छ । आफुकेन्द्रीत, आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत बजेट विनियोजन गर्नुभएको । यसको जवाफ दिने क्रममा प्रधानमन्त्रीले रोष्टमबाटै भन्नुभएको छ, वित्तीय संघीयतालाई केन्द्रमा राखेर हामीले ३ करोडभन्दा मुनिका योजनाहरु प्रदेश र स्थानीय तहमा पठाउनेछौँ भन्ने प्रतिवद्धता जायर गर्नुभएको छ । मन्त्रालयमा देखिएका कमजोरीहरु सच्याउनका लागि बाटो खुलेको छ । तर नयाँ प्रश्नहरु पनि जन्मिएका छन् ।

म मन्त्रीज्युहरुलाई सोध्न चाहान्छु, मन्त्रीज्यु संघीय सरकार अन्तर्गत योजना रहन्छन् कि रहँदैनन् ? ३ करोडभन्दा माथिका योजनाहरु कति छन् ? मन्त्रालयगत बजेट विनियोजनमा मलाई लाग्छ ९० प्रतिशत भन्दा बढी ३ करोडभन्दा तल छन् । त्यसो हुँदाखेरी सबै योजनाहरु प्रदेश र स्थानीय तहमा गएपछि संघीय सरकार मातहतका संरचनाले के काम गर्छ ? सडक विभागले के काम गर्छ ? डिभिजन कार्यालयले के काम गर्छन् ? भौतिक, शहरी लगायत मन्त्रालयले के काम गर्छ ? मेरो आग्रह के छ भने ३ करोडभन्दा मुनिका आयोजनाहरु तल पठाउने होइन । ३ करोडभन्दा मुनिका आयोजनामा जो बजेट विनियोजन गरिएको छ, १ अर्ब बजेट लाग्ने ठाउँमा १ करोड विनियोजन गरिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ विविध अन्तर्गत रहेको शीर्षकबाट १६५ वटै निर्वाचन क्षेत्रमा ३ करोडभन्दा बढी विनियोजन गरिदिनुपर्‍यो । थपिदिनु पर्‍यो । मन्त्रीपरिषद्ले निर्णय गरेर हुन्छ अथवा के गरेर हुन्छ । बहुवर्षिय ठेक्का स्वीकृत हुनेगरी १६५ क्षेत्रमै संघीय सरकारमार्फत बजेट विनियोजन हुने र कार्यान्वयन हुने सुनिश्चितताका लागि सभामुखको निर्देशनको अपेक्षा गर्दछु ।’

सांसद दाहालले एसईई परिक्षामा ५२ प्रतिशत भन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण भएका भन्दै यसको सम्बन्धमा गम्भीर अध्ययन हुनु आवश्यक रहेको बताउनु भयो ।