• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

टी–२० विश्वकप फाइनल पुग्न भारत र इंग्ल्याण्ड भिड्दै, यस्तो छ हेड-टु-हेड



एजेन्सी । टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल भारत र इंग्ल्याण्डबीच खेल्दैछ । गुयानामा हुन लागेको यो हाई भोल्टेज खेल नेपाली समय अनुसार बेलुकाको ८:१५ बजेबाट सुरु हुँदैछ ।

टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर–८ मा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ । उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरिसकेको छ । दोस्रो सेमिफाइनल खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

यसअघि सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई हराएको थियो । उक्त खेलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएको थियो । करिब १६ महिनापछि यी दुई टोली टी–२० विश्वकपको सेमिफाइनलमा फेरी भिड्दैछन् । भारतीय टोली त्यो हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

हेड-ट- हेड

टी–२० क्रिकेटमा यी दुई टोलीले हालसम्म २३ पटक भिडेका छन् । जसमा भारतले १२ खेल जितेको छ भने इङ्ल्याण्डले ११ खेलमा जित हात पारेको छ ।

टी–२० विश्वकपको इतिहासमा इङ्ल्याण्डले भारतसँग चारपटक सामना गरेको छ । दुवै टोलीले दुईरदुई खेल जितेका छन् ।

भारतीय टोलीका कप्तान रोहितसहित सूर्यकुमार यादव, शिवम दुबे र हार्दिक पाण्ड्या राम्रो फर्ममा देखिएका छन् । भारतका लागि चिन्ताको विषय विराट कोहलीको फार्म हो। जसले अहिलेसम्म ६ खेलमा १०० रन पनि कटाउन सकेका छैनन् । उनले पछिल्लो खेलमा क्रमश: १, ४, ०, २४, ३७ र ० रन बनाएका छन् ।

भारतीय टीमको बलरले भने उच्च प्रदर्शनी गरिरहेका छन् । स्पिनमा रवीन्द्र जडेजा, अक्षर पटेल र कुलदीप यादव छन् । तीनै बलरले आफ्नो घातक बलिङबाट वेस्ट इन्डिजको पिचमा विशेष प्रभाव छोडेका छन् । योसँगै जसप्रित बुमराहले तीव्र गतिको बलिङ आक्रमणको जिम्मेवारी सम्हाल्ने देखिएका छन् । उनलाई अर्शदीप सिंहले साथ दिनेछन् । हार्दिक पाण्ड्याले पनि बलिङमा राम्रो गरिरहेका छन् ।

यस्तै, इंग्ल्याण्डका कप्तान जोस बटलरको भारतविरुद्ध उत्कृष्ट कीर्तिमान छ । अमेरिकाविरुद्धको अन्तिम खेलमा उनले स्पिनर हरप्रितलाई लगातार ५ छक्का प्रहार गरेका थिए । यस विश्वकपको ६ इनिङ्समा बटलरले ४८ को औसतमा १९१ रन बनाएका छन् ।

त्यसैगरी इङ्लिस लेग स्पिनर आदिल रसिद अहिले उत्कृष्ट फर्ममा छन् । उनले यो विश्वकपमा ७ खेलमा ९ विकेट लिएका छन् । उनले ओमानविरुद्ध ११ रन दिएर ४ विकेट लिएका थिए जसको मद्दतमा इङ्ल्यान्डले ओमानलाई ४७ रनमा अलआउट गरेको थियो ।

भारतको सम्भावित प्लेईङ​–११:

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र अर्शदीप सिंह ।

इङ्ल्यान्डको सम्भावित प्लेईङ​–११:

जोस बटलर (कप्तान), फिल साल्ट, जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, विल ज्याक, लियाम लिभिङ्स्टन, क्रिस जोर्डन, आदिर राशिद, जोफ्रा आर्चर र मार्क वुड।