२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित
अ अ+ अ-

मेलबोर्न । अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । 

यो जितसँगै चार टेस्टको शृंखला १–१ को बराबरीमा पुगेको छ । भारतीय टिमका कार्यवाहक कप्तान अजिन्क्य रहाणेले उत्कृष्ट प्रदर्शन गरेर भारतको जितको आधार तयार पारेका थिए । रहाणेले दोस्रो पारीमा पनि अविजित २७ रन बनाएका थिए । उनले पहिलो इनिङमा पनि ११२ रनको उत्कृष्ट पाली खेलेका थिए ।

अस्ट्रेलियाले प्रस्तुत गरेको ७० रनको झिनो लक्ष्य भारतले दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।

यी दुबैबीच एडिलेडमा भएको पहिलो टेस्ट खेलमा भारत अस्ट्रेलियासँग नराम्रोसँग पराजित भएको थियो । भारतीय टोली दोस्रो इनिङमा ३६ रनमै समेटिएपछि भारतीय टोलीको चर्को आलोचना भएको थियो ।

पहिलो टेस्ट खेलेका नियमित कप्तान बिराट कोहली विदामा बसेपछि दोस्रो टेस्टका लागि अजिन्क्य रहाणेलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । पहिलो इनिङमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलियालाई १९५ रनमै सीमित गरेको थियो । जवाफमा कप्तान रहाणेको ११२ रनको मद्दतले भारतले ३२६ रनको मध्यम स्कोर खडा गरेको थियो ।

तर भारतीय बलरसामु अस्ट्रेलियाका खेलाडीले दोस्रो इनिङमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । दोस्रो इनिङमा अस्ट्रेलियाली टोली सबै विकेट गुमाएर २०० रनमै समेटिएको थियो । 

अब दुबै टीमबीच सिड्नीमा जनवरी ७ देखि तेस्रो तथा जनवरी १५ मा ब्रिस्बेनमा चौथो तथा अन्तिम टेस्ट हुनेछ ।