२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षाको नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार बिहान नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं ।केहि प्राविधिक तयारी नपुगेकाले आज हुन सकेन । भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ’,पौडेलले बताए ।

बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा प्रकाशन गर्न लागेको छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनुपर्ने छ । त्योभन्दा कम आएमा नट ग्रेडेड (एनजी) लेखिने छ । एनजी आएका विद्यार्थीले पुन: ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।