३ पुष २०८२, बिहीबार
,
Latest
रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: लिभरपुलसंग न्युकासल युनाइटेडको बराबरी



अ+ अ-

लन्डन । प्रभावशाली हुन नसकेको लिभरपुल इंग्लिस प्रिमियर लिगमा बुधबार फेरि बराबरीमा रोकिएको छ । उसले न्युकासल युनाइटेडसँग गोलरहित बराबरी खेलेको हो  । यो खेल जितेको भए लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रता लिन सक्ने थियो, तर न्युकासलले त्यो स्थिति तयार हुन दिएन ।

यसअघि लिभरपुलले वेस्ट ब्रुमविरुद्धको खेलमा पनि बराबरीमै चित्त बुझाएको थियो । योर्गन क्लोपको लिभरपुलको १६ खेलबाट ३३ अंक भएको छ र शीर्ष स्थानमा उसलाई तीन अंकको अग्रता प्राप्त छ । तर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले उसको तुलनामा एक खेल कम खेलेका छ ।

बुधबार नै टोटनहम र फुलहमबीच हुनु पर्ने खेल भने रद्द गरिएको छ । लन्डनमा कोभिड(१९ को नयाँ संक्रमण देखिएपछि फुलहमले खेल रद्द गर्न अनुरोध गरेको थियो ।