२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिंगालाई पछि पार्दै मिचेल स्टार्कले बनाए नयाँ कीर्तिमान



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को सुपर आठको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गर्यो । वर्षाले खेल अवरोध गरेपछि अष्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस विधि (डिएलएस मेथड) बाट २८ रनले पराजित गरेको हो।

उक्त खेलमा बंगलादेशविरुद्ध एक विकेट लिएर मिचेल स्टार्कले नयाँ कीर्तिमान बनाएका छन् । उनी टी–२० र एकदिवसीय विश्वकपमा संयुक्त रुपमा सर्वाधिक विकेट लिने पहिलो बलर बनेका छन् ।

यसअघि यो कीर्तिमान श्रीलंकाका अनुभवी बलर लसिथ मालिंगाको नाममा थियो । अब मिचेल स्टार्क पहिलो स्थानमा पुगेका छन् ।

खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । मिचेल स्टार्कले पहिलो ओभरको तेस्रो बलमा यो निर्णय सही साबित गरे। उनले तान्जिद हसनलाई क्लिन बोल्ड गर्दै अष्ट्रेलियालाई पहिलो सफलता दिलाए । यो विकेटसँगै मिचेल स्टार्क विश्वकप (टी२०र ओडिआई) मा सर्वाधिक विकेट लिने बलर बनेका हुन् ।

विश्वकपमा सर्वाधिक विकेट (टी२०र ओडिआई)

९५ विकेट– मिचेल स्टार्क (अष्ट्रेलिया)
९४ विकेट– लसिथ मालिंगा (श्रीलंका)
९२ विकेट– शकिब अल हसन (बंगलादेश)
८७ विकेट– ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)
७९ विकेट– महमुदुल्लाह (बंगलादेश)

मिचेल स्टार्कले एकदिवसीय विश्वकपमा ६५ विकेट लिएका छन् भने टी–२० विश्वकपमा ३० विकेट लिएका छन् । लसिथ मालिंगाले एकदिवसीय विश्वकपमा ५६ विकेट र टी–२० विश्वकपमा ३८ विकेट लिएका छन् ।