२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ ओभर, ४ मेडन र ३ विकेटः न्युजिल्यान्डका बलरले टी-२० विश्वकपमा रचे इतिहास



अ+ अ-

काठमाडौँ । न्यूजिल्याण्डका फास्ट बलर लोकी फर्गुसनले सोमबार आफ्नो बलियो बलिङले इतिहास रचेका छन् । टी–२० विश्वकप–२०२४ मा न्युजिल्याण्डको टोली सुपर–८ मा पुग्न सकेन ।

आफ्नो अन्तिम खेलमा उसले पपुवा न्युगिनीको सामना गर्दै थियो । फर्गुसनले यस टोलीविरुद्ध गरेको बलिङ ऐतिहासिक सावित भएको छ ।

यस खेलमा फर्गुसनले आफ्नो चार ओभरको कोटामा एक रन पनि दिएनन् र तीन विकेट लिए । यो टी-२० विश्वकपमा कुनै पनि बलरको उत्कृष्ट प्रदर्शन हो । टी–२० अन्तर्राष्ट्रियमा कुनै बलरले चार ओभरमा कुनै रन नदिई विकेट लिएको यो दोस्रो पटक हो ।

फर्ग्युसनभन्दा अगाडि क्यानडाका साद बिन जफरले यो काम गरेका थिए । उनले चार ओभरमा कुनै रन नदिई दुई विकेट लिएका थिए ।

फर्गुसनले पिएनजीका कप्तान असल भालाको पहिलो विकेट लिए । भालालाई फर्गुसनले डेरिल मिचेलको हातमा क्याच आउट गरेका थिए । त्यसपछि १२ औं ओभरको दोस्रो बलमा उनले चार्ल्स अमिनीलाई प्याभिलियनको बाटो देखाए । फर्गुसनले चाड सोपरको रूपमा तेस्रो विकेट लिए । सोपरलाई १४ औं ओभरको दोस्रो बलमा फर्गुसनले बोल्ड गरेका थिए । यो उनको चौथो ओभर थियो र यसमा पनि उनले एक रन दिएनन् ।

यो खेलमा पिएनजीले ठूलो स्कोर खडा गर्न सकेन । पूरै टोली १९.४ ओभरमा ७८ रनमा ध्वस्त भयो । फर्गुसनका अलावा ट्रेन्ट बोल्ट र टिम साउथीले समान २–२ विकेट लिए । इश सोधीले दुई विकेट लिए । मिचेल सान्टनरले एक विकेट लिए ।




भर्खरै