२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

तेस्रो धारको नेतृत्वमा वामदेव गौतम, एकताको सूत्रमा बाँध्ने

तेस्रो धारको नेतृत्वमा वामदेव गौतम, एकताको सूत्रमा बाँध्ने
अ अ+ अ-

काठमाडौं । व्यक्तिगत लाभहानिका कारण विभाजन भएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा वामदेव गौतमले पार्टीलाई एकताको सूत्रमा बाँध्ने काम शुरु गर्नुभएको छ । दुई खेमामा विभाजित भएका नेताहरुलाई एकै ठाउंँमा ल्याउने प्रयास असफल भए तेस्रो धारको नेतृत्व गरेर निरास भएर बसेका गाउँगाउँका कार्यकर्तालाई संगठित गर्ने बताउनुभएको छ । पार्टी विभाजनमा दुवै पक्षको भूमिका बराबर रहेको बताउँदै आउनुभएका गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफू एक नेकपाको पक्षमा रहेको बताउनुले पनि उहाँको भूमिका पछिल्लोपटक समन्वयकारी नै देखिएको छ ।

आफ्नो मतमा सहमत हुने नेता तथा कार्यकर्तासँग छलफल शुरु गर्नुभएका गौतमले पार्टी विभाजनपछि दुई–तीनपटक प्रचण्ड खेमाका नेताहरुसँग भेट गरे पनि अहिलेसम्म बालुवाटार भने प्रवेश गरी सक्नुभएको छैन । गौतमले एक समूहले अर्को समूहलाई खुइल्याउने कामप्रति असहमति जनाउनुभएको छ भने दुवै खेमाका नेतालाई संयमता अपनाउन आग्रह गर्नुभएको छ । अहिले प्रचण्ड समूहले राष्ट्रपतिविरुद्ध व्यक्त गरेका अभिव्यक्तिप्रति आम जनताले असहमति जनाइरहेका बेला गौतमले समेत त्यस्ता अराजनीतिक अभिव्यक्ति नदिन पनि आग्रह गर्नुभएको छ । ‘पार्टीभित्र विमति हुन्छन्, यो कम्युनिस्टहरुको चरित्र नै हो।’ –गौतमले भन्नुभयो ।

हिजोसम्म महान् भएका व्यक्ति विचार नमिल्नासाथ कुलङ्गार भन्ने प्रवृत्तिको विरोधमा रहनुभएका नेता गौतमले २०५६ सालमा पार्टी विभाजन गर्दा भोगेको पीडाले आफूलाई अहिले पनि पछुतो बनाइरहेको बताउनुभएको छ । गौतमले सकेसम्म पार्टी एकीरणमा नै आफ्नो भूमिका रहने र आम मतदाता तथा कार्यकर्ताको चाहना पनि एक कम्युनिस्ट पार्टीको रहेकाले आफूले त्यही विचार र बाटो अवलम्बन गर्ने बताउनुभएको छ । अहिलेको विवादलाई सैद्धान्तिकभन्दा पनि व्यक्तिवादी चरित्रले काम गरेको निष्कर्षममा पुग्नुभएका गौतमले दुवै पार्टी एक नभए तेस्रो धारको नेतृत्व गरेर जनतामा जाने र आफूले गरेको प्रयत्नका बारेमा जनतालाई बुझाउने बताउनुभएको छ ।

सर्वोच्च अदालतले विघटित संघीय संसद्लाई पुनस्र्थापना गरेन भने गौतमले तेस्रो धारको नेतृत्व गर्ने प्रबल सम्भावना रहेको छ । उहाँको चाहना पनि संसद् पुनस्र्थापना होस् भन्ने नै रहेको देखिन्छ । उहाँले व्यक्तिगत लाभ हानिलाई हेरेर प्रतिनिधिसभा विघटन गरेको निष्कर्ष निकाल्दै दुवै समूहको अराजनीतिक गतिविधिका कारण पार्टी विभाजन भएको निष्कर्ष निकाल्नुभएको छ । उहाँले विभाजित दुई खेमा मिल्ने देखेर नै अहिले आफूले अभियान चलाएको र यो अभियान सफल हुनेमा आफू ढुक्क रहेको दाबी गर्दै आउनुभएको छ । कथम्कदाचित पार्टी एक हुन नसकेको खण्डमा भने गौतमले तेस्रो धारको नेतृत्व गर्ने पक्कापक्की जस्तै भएको छ ।

पार्टी एक नभए आफू बहुदलीय जनवादको नारालाई लिएर जनताकहाँ जाने र त्यहींबाट नै जनमत लिने गौतमले तयारीसमेत गरिसक्नुभएको छ । पार्टी विभाजनको पीडामा रुमलिएका कार्यकर्ता अहिले गौतमले लिएको लाइनलाई समर्थन गर्न थालेका छन् । विभाजनले मर्माहत भएका गाउँंस्तरका कार्यकर्ता अहिलेसम्म खुलेर लागेका छैनन् । गाउंँका कार्यकर्ताहरु माउबिनाका बचेरा जस्तै भएर पार्टी एक हुन्छ कि भन्ने आशामा रहेका देखिन्छन् ।

धादिङ गल्छी गाउँपालिका–४ का रमेश अधिकारी भन्नुहुन्छ– ‘अहिले हामी बिचल्लीमा परेका छौं ।’ पार्टी विभाजनमा शीर्ष नेताहरुको भूमिका कसैको पनि कम नरहेको बताउने अधिकारी नेता गौतमको भूमिका पछिल्लो समय दुवै खेमालाई एक ठाउँमा ल्याउने खालको भएकाले उहाँसँग आफू सहमत रहेको बताउनुहुन्छ । नेपाल समाचारपत्र दैनिक