२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

ई–कमर्सका लागि अब कानुनी व्यवस्था

ई–कमर्सका लागि अब कानुनी व्यवस्था
अ अ+ अ-

काठमाडौँ । सञ्चालनमा रहेका सबै व्यवसायले विद्युतीय माध्यमबाट व्यवसाय गर्न सक्ने र मध्यस्थकर्ताका रूपमा पनि ई–कमर्स सञ्चालन गर्न पाइने व्यवस्थासहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ । विधेयकले ऐनको रूप लिएपछि नेपालमा विद्युतीय व्यापारमार्फत वस्तु वा सेवा उपलब्ध गराउने नेपाल बाहिर रहेका व्यक्ति, फर्म वा संगठित संस्थाको हकमा समेत लागू हुने विधेयकमा उल्लेख छ ।

विधेयकले वस्तु तथा सेवा बिक्रीका लागि मध्यस्थता गरी विद्युतीय प्रणालीमार्फत बिक्री गर्ने ई–कमर्सलाई समेत परिभाषित गरेको छ । इन्टरमेडियरी व्यवसाय परिभाषित नहुँदा नियमनमा समस्या हुँदै आएको थियो । नेपालमा दराज, सस्तो डिलसहित दर्जनौं ई–कमर्स व्यवसाय इन्टरमेडियरीका रूपमा सञ्चालित छन् । ‘इन्टरमेडियरी व्यवसायी भन्नाले विद्युतीय माध्यमको सञ्जालद्वारा विद्युतीय व्यापारमा अर्को व्यवसायीका तर्फबाट क्रेता वा बिक्रेतालाई सहजीकरण गर्ने व्यवसायी सम्झनुपर्छ । र सो शब्दले विद्युतीय व्यापार गर्ने थोक बिक्रेता, खुद्रा बिक्रेता, व्यापारिक प्रतिनिधि, ब्रोकर वा वितरकसमेतलाई जनाउँछ,’ विधेयकमा भनिएको छ ।

इन्टरमेडियरी व्यवसायीले मात्रै नभई अहिले कानुनी रूपमा दर्ता भएका कुनै पनि व्यवसायीले विद्युतीय व्यापार गर्न पाउने व्यवस्था पनि विधेयकमा छ । तर विद्युतीय व्यवसाय गर्न चाहनेले आफ्नो वेबसाइट भने अनिवार्य बनाउनुपर्ने व्यवस्था छ । अहिले ई–कमर्सका रूपमा सामाजिक सञ्जालमा पेज बनाएकै भरमा सामान बिक्री गर्ने शैली फैलिँदो छ । अहिले नै विद्युतीय व्यापार गरिरहेका व्यवसायीले यो विधेयक ऐन बनेको एक वर्षभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विद्युतीय पोर्टलमा दर्ता हुनुपर्ने व्यवस्था विधेयकमा छ । ई–कमर्ससम्बन्धी कानुन नहुँदा कोभिड–१९ का कारण गरिएको लकडाउनका क्रममा घरघर डेलिभरी सेवा दिइरहेका कम्पनीका प्रतिनिधिलाई गैरकानुनी भन्दै प्रहरीले पक्राउ गरेको थियो । यसको सर्वत्र विरोध भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका लागि अनलाइन डेलिभरी मापदण्ड तयार गरी लागू गरेको थियो ।

विद्युतीय प्रणालीमार्फत हुने व्यापार विस्तार भइरहेको बेला नियमनका लागि सरकारले छुट्टै कानुन बनाउन लागेको हो । प्रतिनिधिसभा नभएकाले तत्काल यो विधेयकले ऐनको रूप पाउने भने छैन । ‘विद्युतीय व्यापार गर्ने प्रत्येक व्यवसायीले आफ्नो व्यापार वा व्यवसायको सम्बन्धमा उपभोक्ताले चाहेको बखत सुसूचित निर्णय लिन सक्ने गरी तोकिएबमोजिमको वेबसाइटका रूपमा विद्युतीय माध्यम खडा गर्नुपर्छ,’ विधेयकमा भनिएको छ । विद्युतीय व्यवसायका लागि तयार वेबसाइट सुरक्षित हुनुपर्ने व्यवस्था पनि विधेयकमा छ । वेबसाइटमा व्यवसायीको सम्पर्क विवरणसहित गोदामको विवरण, अनुमतिपत्रको विवरण, गुनासो सुन्ने अधिकारी र सम्पर्क नम्बरसमेत अनिवार्य उल्लेख गर्नुपर्नेछ । विद्युतीय व्यापारका लागि वेबसाइटमा राखिएका वस्तु वा सेवाको अन्तिम बिक्री मूल्य, वस्तुको विवरणसहित सबै विवरण राख्नुपर्ने व्यवस्था पनि विधेयकमा छ ।

कुनै क्रेताले कुनै वस्तु वा सेवा उपलब्ध गराउन माग गरे पनि सेवा वा वस्तु उपलब्ध नहुँदै रद्द गर्न सक्ने र त्यस्तो अवस्थामा रकम भुक्तानी भइसकेको भए शोधभर्ना गर्नुपर्ने व्यवस्था पनि विधेयकमा छ । इन्टरमेडियरी व्यवसायीले अनलाइनमार्फत डेलिभरी गरेको सामानको जिम्मेवारी नलिने प्रवृत्ति अन्त्य गर्न यस्ता व्यवसायीको दायित्व पनि विधेयकमा उल्लेख छ । ‘आफूले बिक्री गरेको वस्तु वा उपलब्ध गराएको सेवा क्रेतालाई स्वीकारयोग्य नभई कानुनबमोजिम फिर्ता गरेमा त्यस्तो वस्तु वा सेवा आफैंले उत्पादन गरेको वा प्रदान गरेको सरह फिर्ता लिने, सट्टापट्टा गर्ने वा रकम शोधभर्ना गर्ने,’ विधेयकको इन्टमेडियरी व्यवसायीको दायित्व खण्डमा भनिएको छ, ‘आफूले विद्युतीय व्यापार गरेको वस्तु वा सेवाको सम्बन्धमा कुनै ग्यारेन्टी वा वारेन्टीको व्यवस्था भएमा सम्बन्धित क्रेतालाई त्यस्तो ग्यारेन्टी वा वारेन्टीको सर्तबमोजिम उपलब्ध गराउनुपर्नेछ ।’

विद्युतीय व्यवसायको अनुगमन सूचना प्रविधि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने व्यवस्था विधेयकमा उल्लेख छ । सूचना प्रविधि विभागले विद्युतीय माध्यमको नियमन गरी विद्युतीय माध्यम सुधार तथा स्तरोन्नतिका लागि आवश्यक निर्देशिका बनाई लागू गर्न सक्ने व्यवस्था विधेयकमा छ । कान्तिपुर दैनिक