२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

के हो एन्टिजेन परीक्षण ? यसरी हुँदैछ तीन लाख जनाको एन्टिजेन परीक्षण

के हो एन्टिजेन परीक्षण ? यसरी हुँदैछ तीन लाख जनाको एन्टिजेन परीक्षण
अ अ+ अ-

काठमाडौँ । सरकारले समुदायमा कोरोनाका सक्रिय संक्रमित पत्ता लगाउन देशभरबाट झन्डै तीन लाख जनाको नमुना संकलन गरी निःशुल्क परीक्षण गर्ने भएको छ । सक्रिय संक्रमितको पहिचान नहुँदा थप संक्रमित बढ्न सक्ने प्रक्षेपण भएपछि सरकारले यो नीति अघि सारेको हो । सक्रिय संक्रमितको पहिचानमा ढिलाइ हुँदा पछिल्लो समय कोरोनाकै कारण मृत्यु हुनेको संख्या बढेको सरकारको आकलन छ । मृत्युदर घटाउँदै सक्रिय संक्रमितको पहिचान गरी रोग फैलिनबाट जोगाउन एन्टिजेन परीक्षणलाई व्यापक बनाउन लागिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

स्थानीय तहसँग सहकार्य गरी २ लाख ९४ हजार जनाको स्वाब निकालेर एन्टिजेन विधिबाट परीक्षण गर्ने योजना ईडीसीडीको छ । परीक्षण गर्न आवश्यक किटको समेत व्यवस्थापन भइसकेको जनाइएको छ । ईडीसीडीका अनुसार प्रदेश १ मा २६ हजार, प्रदेश २ मा ४८ हजार, वाग्मती प्रदेशमा ३२ हजार (काठमाडौं उपत्यकाबाहेक), गण्डकी प्रदेशमा ४६ हजार, लुम्बिनी प्रदेशमा ४६ हजार, कर्णाली प्रदेशमा १० हजार, सुदूरपश्चिम प्रदेशमा २२ हजार जनाको एन्टिजेन परीक्षण गर्न लागिएको हो । काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६४ हजार जनाको परीक्षण हुनेछ । पीसीआर परीक्षण गर्दा बढी खर्च हुने र नतिजा पनि ढिला आउने भएपछि सरकारले टोलटोलमा गएर कोरोना संक्रमण भए नभएको पत्ता लगाउन लागेको हो ।

ईडीसीडीले यसअघि काठमाडौंमा १ हजार ४ सय ४५ जनाको स्वाब एन्टिजेन विधिबाट परीक्षण गरेकोमा १ सय १५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । एन्टिजेन पोजिटिभ देखिएकाको पीसीआर गर्दा एक जनाको मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । ‘एन्टिजेन विधि विश्वसनीय र छिटो रिजल्ट दिने भएकाले उपयुक्त मानिन्छ,’ डा. पाण्डेले भने । स्वास्थ्य मन्त्रालयले समुदायमा कोरोना संक्रमित पत्ता लगाउन एन्टिजेन विधिको छुट्टै मापदण्डसमेत बनाइसकेको छ ।

सक्रिय संक्रमितलाई खोजेर व्यवस्थापन गर्नु नै महामारी नियन्त्रणको पहिलो कडी भएकाले परीक्षणको दायरा बढाउन लागिएको ईडीसीडीले जनाएको छ । सक्रिय संक्रमित पत्ता लगाउन नेपालमा दुई विधि स्वीकृत छन्, पहिलो पीसीआर र दोस्रो एन्टिजेन परीक्षण । समुदायमा सक्रिय कोरोना संक्रमित भए पनि आफैं परीक्षण गर्न नआउने र आए पनि ढिला आउँदा समुदायमा थप जोखिम बढेको सरकारको निष्कर्ष छ ।

‘गम्भीर भइसकेपछि अस्पताल आउँदा, समुदायका धेरैलाई संक्रमण सरिसकेको तथा बिरामीकै स्वास्थ्यलाई पनि जोखिम हुन्छ,’ भाइरोलोजिस्टसमेत रहेका डा. पाण्डेले भने, ‘यस्तो समस्या कम गर्न पनि परीक्षण बढाउन लागेका हौं ।’ विज्ञका अनुसार लक्षण देखिएको ५ देखि ७ दिनभित्र भाइरस लोड सबैभन्दा धेरै हुन्छ । यही अवधिमा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसअघि कन्ट्याक्ट ट्रेसिङ भनेजस्तो नहुँदा समुदायमा संक्रमण फैलिएको छ ।

पीसीआर परीक्षण गर्न जस्तै एन्टिजेन परीक्षणका लागि पनि नाकबाट स्वाब निकालिन्छ । स्वाबलाई बफरमा मिसाएर टेस्ट किटमा दुई थोपा राखिन्छ । बफरले भाइरसलाई सक्रिय बनाउने काम गर्छ । किटमा राखेको आधा घण्टापछि रिपोर्ट थाहा पाउन सकिन्छ । स्वाब राखेको किटमा एउटा धर्को देखिए कोरोना नेगेटिभ र दुईवटा धर्को देखिए पोजिटिभ भएको मानिन्छ । टेस्ट किटमा ‘आर’ र ‘टी’ लेखिएको हुन्छ । ‘टी’ मा धर्को देखिए कोरोना पोजिटिभ भएको प्रमाणित हुन्छ भने ‘आर’ मा धर्को देखिए नेगेटिभ मानिन्छ । कुनै पनि लाइनमा देखिएन भने पुनः स्वाब लिएर परीक्षण गर्नुपर्ने हुन्छ । कान्तिपुर दैनिक