१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य

‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य
अ अ+ अ-

काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन्। बिहीबार दिउसो चलचित्र हेरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताए।

“म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ। ‘पुजार सार्की’ हेर्दा हेर्दै म भावुक भएँ, कतिपय प्रसङ्ग आफैसँग पनि मिलेको पाएँ,” उनले भने “यो लामो लडाइँ हो। जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ। धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ। यो मुद्दालाई यो चलचित्रले गहिरो गरी उठाएको छ।”

भट्टराईले जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुहरूले नै साथ दिनु पर्ने बताए। उनले भने, “म आफैले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिए, यो चलचित्रको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ। यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुहरूले नै साथ दिनुपर्छ।” भट्टराईले यो चलचित्रले सन्देश त दिएको छ नै साथमा दर्शकलाई मनोरञ्जन पनि दिएको बताए। उनले राज्यले यस प्रकारका चलचित्रलाई कर छुट दिनुपर्ने विचार राखे।

त्यस्तै, दोस्रो पटक ‘पुजार सार्की’ हेर्न पुगेकी पूर्व मन्त्री तथा बाबुराम पत्नी हिसिला यमीले राजनीतिकर्मीले यो चलचित्रको पात्र मेघराजले लिएको जस्तै विचारको अडान लिनुपर्ने बताउँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गरिन्। उनले भनिन्, “प्रधानमन्त्री प्रचण्ड ‘मेघराज’ जस्तो हुनुपर्ने तर के भइदिनुभयो हामीलाई थाहै छ।” उनले वास्तविक मुद्दा बोक्ने सधैँ अल्पमतमा परिरहेको बताउँदै आफूहरू चलचित्रमा मेघराज पात्र जस्तै सधैँ क्रान्तिकारी रहेको र सोही पात्रजस्तै सधैँ अल्पमतमा परेको बताइन्।

चलचित्रका लेखक बिकास सुवेदीले पूर्ण रूपमा कम्युनिस्ट आन्दोलनमा रहेकाहरूकै कथा नभएता पनि कहीँ न कहीँ उनीहरूबाट नै प्रभावित पात्रहरू यो चलचित्रमा रहेको बताए। सुवेदीले भने, “उहाँहरूले यो स्तरको प्रतिक्रिया दिनु मेरो लागि ठुलो सफलता हो। मूल मुद्दामा अडान लिने मानिसहरू मुद्दाबाट पर पर पुग्नु र अवसरवादीहरू अगाडि आइरहेको कम्युनिस्ट आन्दोलनमा देखिएको छ। त्यो कुराको असन्तुष्टि म भित्र पनि रहेछ भन्ने लागेको छ। लेखकको हिसाबले उहाँहरूको प्रतिक्रिया मैले अस्कर पाएजस्तै हो।”

जेठ १० गते रिलिज भएको यो