२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तारको कारण पेश गर्न प्रम ओलीलाई सर्वोच्चको आदेश

प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तारको कारण पेश गर्न प्रम ओलीलाई सर्वोच्चको आदेश
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेपछि पनि मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेस गर्न सोमबार सर्वोच्चले प्रधानमन्त्री केपी ओलीसमेतलाई आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले सो आदेश दिएको हो । यसै गरी प्रतिनिधिसभा विघटन भएपछि विस्तार गरिएको मन्त्रिपरिषद्लाई अन्तरिम आदेशबाट काम गर्न रोक लगाउने वा नलगाउने भन्नेसम्बन्धमा यही पुस २८ गते छलफल गर्न पनि सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश सिन्हाको इजलासले सो दिन अन्तरिम आदेशका लागि छलफल हुने गरी मिति तोकेको हो ।

मन्त्रिपरिषद् विस्तार गरिएको विरुद्ध दायर गरिएका रिट निवेदनको लामो समयसम्म प्रारम्भिक सुनुवाइ पनि हुन सकेको थिएन । यही पुस १३ गते दायर गरिएको रिट निवेदनको तीन पटकसम्म पेसीमा चढेको भए पनि सुनुवाइ हुन सकेको थिएन । सोमबार भने सुनुवाइ भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि सो कार्य संविधानविपरीत भएको दाबी गरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता लोकेन्द्र ओलीले छुट्टाछुट्टै रुपमा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तार संविधानको विभिन्न धाराविपरीत भएको दाबी गरिएको थियो ।

नेपालको संविधानको धारा ७७ को उपधारा ९१० को खण्ड ९ग० मा प्र्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य नरहेमा प्रधानमन्त्रीको पद रिक्त रहने व्यवस्था भएबमोजिम हाल प्रधानमन्त्री केपी शर्मा ओलीको पद पनि सकिएको रिट निवेदनमा दाबी गरिएको छ । यसै गरी सोही धाराको उपधारा ९३० मा उपधारा ९१० बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । रिट निवेदनमा सो उपधाराको पनि सर्वोच्चलाई स्मरण गराइएको छ ।

सोमबारको बहसमा रिट निवेदक वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानमा यस्तो व्यवस्था हुँदाहुँदै पनि प्रधानमन्त्रीले संविधान मिची मन्त्रिपरिषद् विस्तार गर्नुभएको भनी उल्लेख गर्नुभएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन भएपछि पनि मन्त्रिपरिषद् विस्तार गर्नुपर्नाका कारण पेस गर्न पनि प्रधानमन्त्रीसमेतलाई आदेश दिएको छ । सर्वोच्चले त्यस्तो कारण १५ दिनभित्र पेस गर्न आदेश दिएको हो । अन्तरिम आदेश दिन छलफलका लागि रिट निवेदक तथा सरकारी वकिलबीच सर्वोच्चमा छलफल हुने भएको छ । रिट निवेदनमा राष्ट्रपतिको कार्यालयलाई पनि विपक्षी बनाइएको छ । नेपाल समाचारपत्र दैनिक