२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

संसद् सचिवालयद्वारा दल तथा सांसदहरुको संख्यासहितको सम्पूर्ण विवरण सर्वोच्चमा पेश

संसद् सचिवालयद्वारा दल तथा सांसदहरुको संख्यासहितको सम्पूर्ण विवरण सर्वोच्चमा पेश
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन हुनुभन्दा तत्कालअघिका सदस्यहरुको दलको नाम, संख्यासहितका सम्पूर्ण विवरण आदेशबमोजिम संसद् सचिवालयले मंगलबार सर्वोच्च अदालत पठाएको छ । महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले त्यस्ता विवरण सचिवालयबाट सीधै सर्वोच्च गएको जानकारी दिनुभयो । सर्वोच्चको आदेशमा भनिएको थियो– ‘प्रतिनिधिसभा विघटन हुनुभन्दा तत्कालअघिको प्रतिनिधिसभा सदस्यहरुको दलको प्रतिनिधित्व खुल्ने गरी नाम र संख्यासहितको सम्पूर्ण विवरण संसद् सचिवालयबाट झिकाउनू ।’

यसै गरी सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलै फाइल राष्ट्रपति तथा प्रधानमन्त्रीको कार्यालयबाट झिकाउन पनि आदेश दिएको थियो । ती फाइलहरु भने आफूहरुले बहसका क्रममा इजलासमा पेस गर्ने महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता रेग्मीले उल्लेख गर्नुभयो ।प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनको आज बुधबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । ती रिट निवेदकहरुको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । रिट निवेदकहरुले बहसलाई व्यवस्थित गर्ने सहमति गरेका छन् । नेकपाका नेता देव गुरुङलगायत निवेदकहरुको मंगलबार बसेको अनौपचारिक बैठकले बुधबारदेखि हुने सुनुवाइलाई व्यवस्थित गर्ने सहमति गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको थियो । सो विघटन नेपालको संविधानको विभिन्न धाराविपरीत भएको दाबी गरी सर्वोच्चमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती रिट निवेदनहरुको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । यही पुस १० गते भएको प्रारम्भिक सुनुवाइमा रिट निवेदकहरुबीच बहस व्यवस्थापन नभएपछि आलोचना भएको थियो । सो दिन बहस व्यवस्थापन हुन नसकेपछि न्यायाधीश तथा कानुन व्यवसायीबीच नै सम्बन्धित पक्षको आलोचना भएको थियो ।रिट निवेदकमध्येका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बुधबारबाट शुरु हुने भनिएको बहसलाई व्यवस्थित गर्ने सहमति भएको जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ताहरुले बसहलाई शुरुआत गर्ने आफूहरुबीच सहमति भएको अधिवक्ता शर्माले बताउनुभयो ।

वरिष्ठ अधिवक्ताबाट बहसलाई शुरुआत गर्ने र त्यसपछि नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरुले आफ्नो भनाइ राख्न सक्ने गरी आफूहरुबीच सहमति भएको रिट निवेदकहरुले उल्लेख गरे ।यही पुस १० गते संवैधानिक इजलासबाट भएको आदेशमा आज बुधबारबाट हुने सुनुवाइको नियमितरुपमा मिति तोक्न पनि आदेश भएको थियो । संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार बस्ने गर्दछ ।

सुनुवाइका लागि नियमितरुपमा मिति तोक्न भनेर दिइएको आदेश हरेक बार हो कि बुधबार र शुक्रबारलाई मात्र हो भन्ने बारेमा अन्योल नै रहेको छ ।सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले बुधबार र शुक्रबार मात्र हो या हरेक दिन इजलास बस्छ भन्नेबारेमा आफूलाई पनि थाहा नभएको नेपाल समाचारपत्रसँग बताउनुभयो । उहाँले सो विषय अब इजलासले मात्र निर्णय गर्ने उल्लेख गर्नुभयो ।

रिट निवेदकहरुले विषय गम्भीर प्रकारको भएका कारण विवादित विषयलाई बृहत् पूर्ण इजलासबाट सुनुवाइ गर्न माग गर्दै निवेदन पनि पेस गरेका छन् । सो निवेदनलाई स्वीकार गरी बृहत् पूर्ण इजलास गठन गर्न संवैधानिक इजलास सहमत भयो भने बुधबार सुनुवाइ नहुने सर्वोच्चको एक कर्मचारीले बताए । उनले भने– ‘यदि सो निवेदन स्वीकार गरियो भने सुनुवाइ अर्को दिन सर्छ, स्वीकार गरिएन भने सुनुवाइ हुन्छ ।’ नेपाल समाचारपत्र दैनिक