२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्रदेश सरकारको नेतृत्व गर्न कांग्रेस तयार

प्रदेश सरकारको नेतृत्व गर्न कांग्रेस तयार
अ अ+ अ-

हेटौंडा । नेकपा केन्द्रको उत्कर्ष विवादले प्रतिनिधिसभा विघटनदेखि पार्टी फुटसम्म पुगेको छ । फुटको शृंखला केन्द्रमा मात्र सीमित भएन, प्रदेश सरकारसम्म पुगेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमेत यो फुटबाट पीडित हुनुहुन्छ । उहाँविरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको छ । १ सय १० सिट रहेको बागमती प्रदेशसभामा नेकपाका ८० सांसद रहे पनि पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका ४६ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।यस्तोमा ओली पक्षमा ३४ जना मात्र सांसद छन् । तर, विश्वासको मत कायम राख्न पौडेललाई २२ मत आवश्यक पर्छ ।

प्रदेशसभाको कांग्रेसको २२ मत छ । साझाका तीन र अन्य पाँच सांसद छन् । मुख्यमन्त्री पौडेल र प्रचण्ड–नेपाल समूह दुवै पक्षलाई कांग्रेसको मत नभई नहुने देखिएको छ ।प्रतिनिधिसभा विघटनको तनाव प्रदेशमा पनि पुग्यो । यसको प्रत्यक्ष असर बागमती प्रदेशमा पनि देखिएको छ । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले संसद् विघटन लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘बागमती प्रदेशमा नेपाली कांग्रेस प्रदेशसभामा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ । एक्कासि प्रधानमन्त्रीले संविधानको मर्म र भावनाविपरीत अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटनको कदम चाल्नुभयो ।

यो लोकतान्त्रिक मूल्य र मान्यताविपरीत गरेको क्रियाकलाप भएकाले नेपाली कांग्रेस प्रदेशका साथै आम कांग्रेसले घोर आपत्ति र भत्र्सना गरेका छन् ।’नेकपाको केन्द्रकै तनावले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तहसम्म प्रक्रिया अघि बढ्दा प्रतिपक्षी कांग्रेसले आउँदो संसदीय दलको बैठकले यसलाई गम्भीररूपमा लिएर उपयुक्त समयमा उपयुक्त निर्णय दिने नेता बानियाँले बताउनुभयो ।‘प्रदेशमा हामी प्रमुख प्रतिपक्षी हौंं । हाल सत्तापक्षमा आन्तरिक द्वन्द्वका कारण प्रदेशमा आफ्नै पार्टीभित्र अविश्वास प्रस्ताव आएको हो । यो उनीहरूको पार्टीभित्रको आन्तरिक मामिला हो’, उहाँले भन्नुभयो– ‘हालसम्म औपचारिकरूपमा नेकपा फुटेको छैन । नेकपाभित्र आन्तरिक समस्याले अविश्वास प्रस्ताव आएको हो ।

यसमा नेपाली कांग्रेसले प्रदेशसभामा आफ्नो उपस्थिति, भूमिका, जिम्मेवारी प्रभावकारीरूपले निभाउँछ । अब कसरी अगाडि बढ्ने भन्नेमा आउँदो संसदीय दलको बैठकले यसलाई गम्भीररूपमा लिएर उपयुक्त समयमा उपयुक्त निर्णय दिनेछ।’अविश्वास प्रस्तावको पछाडि मुख्यमन्त्रीले प्रतिपक्षी दलका रूपमा आफूसँग छलफल गरिरहेको बानियाँको भनाइ छ । ‘हाम्रो दुवै पक्षसँग छलफल र संवाद चलिरहेको छ । उहाँहरु दुवै पक्षसँग छलफलपछि संसदीय दलको बैठकले उपयुक्त निर्णय लिनेछ’, उहाँले भन्नुभयो– ‘स्वतन्त्ररूपले पार्टीको विधान, विधि, प्रक्रिया, पद्धति मान्ने हो । हामी प्रदेशको स्वतन्त्र संसदीय दल हांै । स्वतन्त्ररूपमा निर्णय गर्न पार्टीको हस्तक्षेप छैन ।

परामर्श र छलफल केन्द्रीय नेतृत्वसँग लिने काम हुन्छ । तर, निर्णय हामी गर्छौं । हाम्रो भूमिका प्रदेश सरकार र संसद्लाई अनिर्णयको बन्दी बनाएर राख्न नदिने हो । सुचारुरूपले प्रदेश सरकार र संसद् चलाउन उपयुक्त निर्णय हामी गर्छौैं ।’नेकपाको आन्तरिक द्वन्द्वको अवस्थामा नेपाली कांग्रेस निर्णायक शक्ति रहँदा सरकारको नेतृत्वमै दाबेदारी रहने बानियाँले दाबी गर्नुभएको छ । ‘प्रतिपक्ष भनेको जहिले पनि वेटिङ गभर्मेन्ट हो । प्रतिपक्ष जहिले पनि सत्तामा जान सक्छ ।

पार्टीले सरकार चलाउनकै लागि राजनीति गर्ने हो । मुलुकमा जनताको शान्ति, समृद्धि र प्रदेशका जनताको प्रगतिका लागि नेपाली कांग्रेसको राजनीति हो । कांग्रेस सरकार चलाउन बनेको पार्टी हो’, उहाँले थप्नुभयो– ‘आवश्यक पर्दा सरकार चलाउने पक्षमा कांग्रेस तयार छ । नेकपा फुटिनसकेको अवस्थामा कांग्रेसको कहाँ स्थान हुन्छ भन्ने कुराको अहिले नै टुंगो छैन । तर, हामी तयार छौं ।’ नेपाल समाचारपत्र दैनिक