१९ भाद्र २०८३, शुक्रबार
,
Latest
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार छलीका सामानसहित नौजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले भन्सार छली गरी ल्याएका रु नौ लाख ७९ हजार मूल्यका सामानसहित नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका–९ का ३८ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–२८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रुपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले खानतलासीका क्रममा नौ जनाको साथमा रहेको २७ थान सेन्थेटिक झोला, रु चार लाख २५ हजारको लत्ताकपडा र रु दुई लाख नगद बरामद गरेको छ ।