२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अर्थमन्त्रालयको दबाबपछि कोरोना बिमाको दाबी भुक्तानी दिने क्रम बढ्यो

अर्थमन्त्रालयको दबाबपछि कोरोना बिमाको दाबी भुक्तानी दिने क्रम बढ्यो
अ अ+ अ-

काठमाडौं । कोरोना बिमाको दाबी भुक्तानी दिने क्रमकेही बढेको छ । गत महिना लगातार दुईपटकसम्म अर्थमन्त्रालयले दिएको कडा निर्देशनपछि बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिएसँगै अहिले भुक्तानी पाउने क्रममा केही सुधार आएको हो । बिमासमितिका अनुसार विभिन्न २० वटा निर्जीवन बिमा कम्पनीले बितेका पछिल्लो ६ दिनमा मात्रै कोरोना बिमाबापत ३ हजार जनालाई कुल ३४ करोड ४४ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।समितिले उपलब्ध गराएको मंगलबारसम्मको तथ्यांकअनुसार हालसम्म कुल २१ हजार ५ सय १ जना बिमितले २ अर्ब ९ करोड६३ लाख २५ हजार रुपैयाँ भुक्तानी पाएका छन् ।

यसअघिसमितिको गत १५ पुससम्मको तथ्यांकअनुसार विभिन्न बिमा कम्पनीले १८ हजार ५ सय २ वटा दाबीबापत १ अर्ब ८० करोड २८ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेका थिए ।मंगलबारसम्म निर्जीवन बिमा कम्पनीमा कोरोना बिमा दाबीका लागि कुल ४२ हजार १ सय ५३ वटा दाबी परेका थिए । तीमध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका २ हजार ५ सय ४९ वटा आवेदन फाइलसम्बन्धित कम्पनीमै फिर्ता भएका छन् भने६ हजार ७ सय ८९वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको सो समितिले जनाएको छ ।

समितिका अनुसार अझै दाबीकालागि आवेदन भएका ७ हजार २ सय ५४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुबाट स्वीकृत हुन बाँकी छन् । यसैगरी,३ सय ४३ वटा दाबीका फाइल थप अध्ययनका लागि पठाइने क्रममा रहेका छन् । यसैगरी, १ सय ६२ वटा दाबी आगामी१५ दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ भने ६ हजार ७ सय ८९वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

गत १८ कात्तिकमा अर्थमन्त्रालयले दिएको निर्देशनका आधारमा बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र उपलब्ध हुने बताएको थियो । त्यसबेला सो निर्देशन कार्यान्वयन गराउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले कार्यको समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको थियो ।

यसैगरी, कोरोना संक्रमित बिरामीले पाउनुपर्ने बिमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाको सुनुवाइ गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीलाई निर्देशन दिन विशेष हटलाइन टेलिफोनसहितको हेल्पडेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको थियो । अझैसम्म सरकारले सो निर्देशन पूर्ण रूपले कार्यान्यवमा ल्याउन नसकेको अधिकांश दाबीकर्ताको आरोप छ ।

सर्वसाधारणबीच अहिले प्रतिव्यक्ति ६ सय रुपैयाँ बुझाएर १ लाख रुपैयाँको सामूहिक बिमा गरे बिरामी भएको अवस्थामा निकै राहत हुने अपेक्षा थियो । तर,अहिले बिमा कम्पनीले कोरोना संक्रमितलाई दाबी भुक्तानी दिन अनेकौं झमेला थपेर लामो समय झुलाइरहेको छ । हाल बिमा कम्पनीले कोरोना संक्रमण पुष्टि भएको पीसीआर रिपोर्टको सक्कलप्रति नै बुझाउनुपर्ने भनिरहेका छन्। बिमा समितिले अहिलेसम्म दाबीकालागि आवेदन भई रोकिएका सबै भुक्तानी दिने प्रक्रियामा तीव्रता आएको दाबी गरेको छ । हालसमितिले बिमितको आवश्यक कागजात पूरा भई दाबी परेकालाई नरोक्न निर्देशन दिइएको अवस्था छ ।

बिमा समितिले कोरोना बिमा कार्यान्वयनको सुरुका चरणमा प्रतिव्यक्ति ५ सय रुपैयाँ बुझाएर ५० हजार रुपैयाँ र १ हजार रुपैयाँ बुझाएर १ लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । यसैगरी, सामूहिक कोरोना बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना संक्रमितको संख्या दैनिक गुणात्मक रूपमा बढेर दाबी भुक्तानी माग गर्नेको चाप बढेपछि भने बिमा कम्पनी आत्तिएका थिए । जसका कारण अहिले सुरुमा निकै आकर्षक रूपमा कोरोना बिमा गराउनेतर्फ आकर्षक प्याकेज बनाएका विभिन्न बिमा कम्पनीले हाल कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक रूपमा बढेको भन्दै प्रारम्भिक चरणमा भएका सुविधा विस्तारै कटौती गरी बिमकलाई अनेकौं झमेला थपेर निरुत्साहित बनाउने काम गरिरहेका छन् ।

गत ७ वैशाखबाट सुरु भएको ‘कोरोना बिमा’ बिमाको चाप अहिले विस्तारै घटिरहेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ । ‘कोरोना बिमा मापदण्ड–२०७७’ मा पनि सरकारी एवं स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेस भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने उल्लेख छ । तर, अझै दाबीकर्ताले भुक्तानी लिन महिनौं कुर्नुपर्ने अवस्था कायमै छ । राजधानी दैनिक