२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

पुरातत्वले पाँचखालमा सम्पदालक्षित ‘जियोफिजिकल सर्भे’ गर्ने

पुरातत्वले पाँचखालमा सम्पदालक्षित ‘जियोफिजिकल सर्भे’ गर्ने
अ अ+ अ-

काभ्रेपलाञ्चोक । खोज अनुसन्धानका क्रममा पाँचखाल नगर क्षेत्रमा सम्पदाको सम्भावना देखिएपछि आउँदो माघमा ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) गरिने भएको छ । उक्त क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्व विभागले जियोफिजिकल सर्भे गर्ने जनाएको हो ।

पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले आउँदो माघ (फेब्रुअरी)मा उक्त सर्भे गरिने विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो । “पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्भे गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार माघ अन्तिम सातादेखि काभ्रेपलाञ्चोकको पाँचखाल र जनकपुरमा जियोफिजिकल सर्भेका लागि जनशक्ति तथा आर्थिक व्यवस्थापनको तयारी भइरहेको हो ।

पाँचखाल नगरको निजी तथा सार्वजनिक क्षेत्रमा सम्पदा भेटिएकाले हाल जियोफिजिकल सर्भे उपयुक्त देखिएको गौतमले बताउनुभयो । उहाँले भनुभयो, “पाँचखाल ऐतिहासिक सम्पदा क्षेत्रको सम्भावना देखिएको छ, प्रविधि महङ्गो भएकाले योजनाबद्ध तवरले लाग्नुपर्छ ।” जियोफिजिकल सर्भे मेसिनले क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । काभ्रेपलाञ्चोकको तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीच क्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्भे गर्न लागिएको हो ।

पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।
 
उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँठाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइप लाइन भेटिएको थियो । खोज अनुसन्धानकर्ता आचार्यले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आउनुभएको छ । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इन्चको ढुङ्गाको गारो कोठाकोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिवलिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमिनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको हो । पाँचखाल नगर क्षेत्रमा स्थानीय बूढापाकाले मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेको बारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान थालेको हो ।

यस्तै विसं २०७६ असोजमा खोज–अनुसन्धाकै क्रममा पाँचखाल नपा–१३ स्थित तेमालबेँसीमा फेला परेको ‘स्तम्भ’ प्राचीन भएको पुरातत्व विभागले पुष्टि गरेको छ । उक्त स्तम्भ प्राचीन शिखरशैली मन्दिरको मूलद्वार अघिल्तिर रहने दुईवटा थाममध्ये एउटा खण्ड हो भन्ने अनुमान गर्न सकिने विभागले जनाएको छ । नगरवासीले संवत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् । 

विभागले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को) लाई गत असार (सन् २०२०, जुन् २९) मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ । पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले विसं २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराइसकेको छ । विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे/नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ ।