६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु



अ+ अ-

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद शनिबार सकिँदै गर्दा आइतबार तिहाड जेलमा फर्कँदै छन् ।

केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएको थियो र २ जुनमा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो ।

आइतबार तिहाड जेल जानुअघि उनले कार्यकर्तालाई भने, ‘म देश बचाउन जेल जाँदैछु ।’ लोकसभा एक्जिट पोलमा उनले भने कि यी सबै नक्कली एक्जिट पोल हुन् ।

यसअघि उनी महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गर्न राजघाट गएका थिए । त्यसपछि उनी कनाट प्लेसस्थित हनुमान मन्दिर पनि गए । जहाँ उनले पुजा गरे ।

अब केही बेरमै उनी तिहाड जेल जानेछन् । यसअघि उनले भने, ‘मलाई जेलमा सबैको चिन्ता हुनेछ । तिमी खुसी छौ भने तिम्रो केजरीवाल पनि खुसी हुनेछन् ।’

जमानत दिएकोमा केजरीवालले सर्वोच्च अदालतलाई धन्यवाद दिएका छन् । उनले आज एक्स (ट्वीटर)मा लेखेका छन्– ‘सर्वोच्च अदालतको आदेशमा म २१ दिन चुनावी प्रचारका लागि निस्केको हुँ । यसका लागि सर्वोच्च अदालतलाई धेरै धेरै धन्यवाद ।’

दिल्लीका मुख्यमन्त्रीले यसअघि अन्तरिम जमानतको म्याद थपका लागि सर्वोच्च अदालतमा अपिल गरेका थिए ।

बुधबार सर्वोच्च अदालतले उनको निवेदन खारेज गर्दै उनलाई नियमित जमानतका लागि ट्रायल कोर्ट जाने स्वतन्त्रता दिइएकाले यहाँको निवेदन विचारणीय नभएको बताएको थियो ।