५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित

मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित
अ+ अ-

नयाँदिल्ली । भारतको लोकसवा निर्वाचन सात चरणमा गरी सम्पन्न भएसँगै निर्वाचन परिणमबारे एक्जिट पोलहरु सार्वजनिक भएका छन् । आमभारतीयमा पनि कसले चुनाव जित्छ भन्ने चासो बढेको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा १८ औैं लोकसेवा चुनाव पूरा भएको हो । मत गणना भने जुन ४ मा हुनेछ ।

चुनाव सकिएलगत्तै हिजै अधिकांश ‘एक्जिट पोल’ ले प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण गरेका छन् । २०१४ र २०१९ को चुनावमा अत्यधिक बहुमतले भारतीय जनता पार्टीले चुनाव जितेको थियो । मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री छन् ।

अधिकांश ‘एक्जिट पोल’ को नतिजाले भाजपा नेतृत्वको राष्ट्रि लोकतान्त्रिक गठबन्धन (एनडीए) पुन: भारी बहुमतका साथ तेस्रो पटक सत्तामा पुग्ने देखाएको छ । एक्जिट पोलहरूले भाजपा नेतृत्वको एनडीएले ३ सय ५० देखि ३ सय ८० सिटसम्म जित्ने प्रक्षेपण गरेका छन् । लोकसभामा बहुमतका लागि २ सय ७२ सिट चाहिन्छ ।

विपक्षी गठबन्धन इन्डिया गठबन्धनलाई प्राय: एक्जिट पोलले १ सय २५ देखि १ सय ६० सिट मात्रै दिएको छ । न्युज नेसन टीभी, साम जकिबात, इन्डिया न्युज, रिपब्लिक भारत, रिपब्लिक टीभीलगायतले आफ्नो एक्जिट पोलमा एनडीएलाई न्यूनतम ३ सय ४२ देखि ३ सय ९२ सिट सम्म दिएका छन् । विपक्षी गठबन्धनलाई १ सय २५ देखि १ सय ६९ सम्म सिट दिएका छन् ।

भारतमा हुने एक्जिट पोलको नतिजा सधैं सही हुँदैन । २०१९ को लोकसभा चुनावमा प्रायजसो एक्जिट पोलको नतिजा र वास्तविक परिणाम करिब करिब मिलेको थियो । तर, २००४ को चुनावमा अधिकांश एक्जिट पोलको नतिजा ठीक विपरित थियो ।

एक्जिट पोलहरूले गरेको प्रक्षेपण विपरित प्रतिपक्ष कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले भने २ सय ९५ सिटभन्दा बढी जित्ने दाबी गरेको छ । कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको दिल्लीस्थित निवासमा बसेको गठबन्धनको बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकपछि खड्गेले ग्राउन्ड लेभलबाट आएको रिपोर्टिङका आधार तथा गठबन्धन दलका नेताहरूसँगको छलफलपछि उक्त निष्कर्ष निकालिएको बताए ।

अर्कोतिर, भाजपाका अध्यक्ष जेपी नड्डाले भाजपा एक्लैले ३ सय ७० सिट जित्ने पुरानो अडान दोहोर्‍याएका छन् । उनले एनडीए गठबन्धनले चार सय सिट पार गर्नेसमेत दाबी गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री बन्न प्रयासरत छन् । यस पटक जितेको खण्डमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूपछि मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने व्यक्ति हुनेछन् ।