४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप आजै राति अमेरिका जान सक्ने !



file photo
अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने अमेरिका जाने तयारीमा रहेका छन् । यसअघि भिसा प्रक्रियाका कारण रोकिएका सन्दीप सम्भवत आजै अमेरिका जान सक्ने स्रोत बताउँछ । उनी अमेरिकी दूतावासबाट भिसा नपाएपछि अमेरिका जान पाएका थिएनन् ।

उनको अमेरिका जाने भिसाका लागि पहल भइरहेको थियो । जसअनुसार नेपालस्थित अमेरिकी राजदूतावासले आज अपराह्न ४ बजे सन्दीपसँग अन्तर्वार्ता लिने बुझिएको छ ।

विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन भनी सरकारले नोट लेखिसकेको छ । भिसा मिलेमा सन्दीप आजै राति अमेरिका उड्ने छन् ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ क्यान (क्यान)ले सन्दीपलाई विश्वकपमा सामेल गराउने प्रक्रिया थालेको थियो ।

तर, अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि उनी जान पाइरहेका थिएनन् । सन्दीपलाई भिसा दिन माग गर्दै विभिन्न स्थानमा प्रदर्शन समेत गरिएका छन् ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।